फुड बैंक ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’
विराटनगर । ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’ स्लोगनसहित मोरङको केराबारी क्षेत्रमा स्थानीय युवाहरुले सन्चालन गरेको ‘फुड बैंक’ हो ।
एउटा बन्द सटरमुनि टेबुल, टेबुलमाथि चामल, दाल लगायतका खाद्यान्नका पोकाहरु दैनिक काम गरेर गुजारा चलाइरहेकाहरु जो अहिले लकडाउनका कारण मर्कामा परेकाहरुलाई लक्षित गरी फुड बैंक सन्चालन गरिरहेको अभियन्ता पप्पु साह बताए । ‘यही स्लोगनसहित यसअघि मास्क बैंक सञ्चालन गरेका र नेपाल तरुण दल केराबारीका सभापतिसमेत रहेका साहले भने, प्रतिपरिवारले एक पटकमा एक पोका तेल, दुई केजी चामल, एक पाउ सोयाविन र १ पोका नुन निःशुल्क लैजान सक्छन् । ‘शनिबारबाट फुड बैंक सुरु गरेका र सहयोका हात हरु पाइरहेका पनि साहले बताए ।