Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं मेयर शाक्यलाई भेटेर गगन थापाले भने- समन्वय गर्नुस् म सहयोग गर्न तयार छु !  


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ८ २०७७
  • 7.4K
    SHARES

काठमाडौं मेयर शाक्यलाई भेटेर गगन थापाले भने- समन्वय गर्नुस् म सहयोग गर्न तयार छु !

 

जन न्युज नेपाल खवर प्रतिनिधि : काठमाडौं

 

काठमाडौं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेटेर कोरोना महामारीमा आवश्यक स्रोत र जनशक्ति परिचालन गर्दै महानगरका संरचनालाई गतिशील बनाउन सुझाव दिएका छन्।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले आइतबार महानगरका मेयर शाक्य र महानगरका स्वास्थ्य शाखाका प्रमुखलाई भेटेर जनप्रतिनिधिहरूसँग समन्वय गर्न पनि आग्रह गरेका हुन्।

‘उच्च जोखिममा रहेको काठमाडौँलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण छ। हामी सबै सहयोग गर्न तयार छौँ । थापाले भनेका छन्, ‘सबै तह र निकायसँग समन्वय गर्नुहोस्। महानगरको संरचनालाई गतिशील बनाउनुहोस्। आवश्यक स्रोत र जनशक्ति परिचालन गर्नुहोस्। नागरिकको सुरक्षा नै हामी सबैको पहिलो प्राथमिकता हो।’

उनले महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङमा ढिलाइ भएको पनि बताए। ‘कन्ट्याक्ट् ट्रेसिङलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्नुपर्छ, थापाले भने।

अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व भए पनि आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ उनको भनाइ थियो।

‘काठमाडौँका अन्य नगरपालिकासँग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्नुपर्छ,’ थापाको सुझाव छ।

थापाले मेयर शाक्यलाई राखेका सुझाव:

कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी छ। पछिल्ला दिनमा काठमाडौँमा तीव्र रूपमा संक्रमण फैलिएको छ। महानगरपालिकाले अग्रसरता लिएर कन्ट्याक्ट ट्रेसिङ,परीक्षण र आइसोलेसन लगायतको प्रभावकारी व्यवस्थापन गर्नसके यो गतिलाई धेरै हदसम्म न्यून गर्न सकिन्छ।

बढ्दो संक्रमणलाई रोक्न महानगरले तत्काल गर्नुपर्ने कामका सन्दर्भमा हिजो कामनपा कार्यालयमा गएर कामनपा प्रमुख र महानगरका स्वास्थ्य विभागका प्रतिनिधि लगायतसंग छलफल गरी देहायका कुरामा ध्यानाकर्षण गरेको छु :

१. काठमाडौँबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसंग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस्। हामी सँगै काम गर्न चाहान्छौं। तपाईँ सफल हुनुभनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो, त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस्।

२. महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङमा ढिलाइ छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ। यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ। यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्न।

३. कन्ट्याक्ट् ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन। यी सबैको टेस्ट वार्ड र टोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन।

४. अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व हो तर आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ। काठमाडौँका अन्य नगरपालिकासँग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्न।

५. खाद्यान्न पसल दिनको १/२ घण्टा मात्र खोल्न दिंदा झन् भिडभाड बढ्ने हुन्छ। त्यसैले पसल बिहान ६ देखि राती ८ सम्म खोल्नुपर्ने, सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने जसले गर्दा घर पिच्छे सामान पनि पाइन्छ र भिड पनि नहुने हुन्छ।

६. कोरोना संक्रमणसँग जोडिएका विभिन्न सुचनाहरुलाई लिएर नगरवासी अलमलमा परेका छन्।

 

नगरवासीलाई अलमल नहोस् भन्नको लागि नागरिकलाई स्वास्थ्य लगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडा अनुसार निश्चित संयन्त्र बनाउन र सो को प्रभावकारी सम्प्रेषण गर्न।

उच्च जोखिममा रहेको काठमाडौँलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण छ। हामी सबै सहयोग गर्न तयार छौँ। सबै तह र निकायसँग समन्वय गर्नुहोस्। महानगरको संरचनालाई गतिशील बनाउनुहोस्। आवश्यक स्रोत र जनशक्ति परिचालन गर्नुहोस्। नागरिकको सुरक्षा नै हामी सबैको पहिलो प्राथमिकता हो। शाक्य संगको भेटमा

गगन थापाले भने- समन्वय गर्नुस् सहयोग म गर्न तयार छु !

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४