उपत्यकामा बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न दिने निर्णय !
जन न्युज नेपाल खवर नमुना दहाल कार्की
‘औषधी पसलको हकमा भने कुनै पनि रोकतोक गरिने छैन‘(सिडियो)
काठमाडौँ । उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक रुपमा आइतबार बसेको बैठकमा किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडियो) जनकराज दाहालले जन न्युज नेपाल खवरलाइ जानकारी दिनु भएको छ ।
सिडियो दाहालले भन्नुभयो ‘औषधी पसलको हकमा भने कुनै पनि रोकतोक गरिने छैन ।
बिहान ७ बजे नै प्रहरीले पसल बन्द गरेको भन्ने आम सर्वसाधारणको जन गुनासो आएपछि उपत्यकाको तीन सिडियोको आकस्मिक बैठक बसेको थियो ।
उपत्यकामा कोरोनाभाइरस {कोभिड-१९} संक्रमितको संख्या बढ्दै गएपछि बुधबार मध्यरातदेखि एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ । गत मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो भने । निषेधाज्ञा भदौ १० गते मध्यरातिसम्म कायम रहनेछ । हाललाई बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेका छौ ।