प्रमुख जिल्ला अधिकारी बाट नै नियम बिपरित काम बारामा सिडियोले नै गरे उलघंन मुखमा लाउने मास्क लाए निधारमा !
जन न्युज नेपाल खवर प्रतिनिधि
वीरगञ्ज । बारामा प्रमुख जिल्ला अधिकारी पण्डितले निधारमा मास्क लगाएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । मास्क निधारमा लगाएको फोटो प्रमुख जिल्ला अधिकारी स्वयंले सामाजिक सञ्जाल फेसबुकमा बिहान पोष्ट गरेका थिए । त्यही फोटो अरुले पनि विभिन्न प्रतिक्रियाका साथ पोष्ट गरेका छन् । आइतबार सिम्रौनगढमा भारतीय नाकामा मल तस्करीबारे अनुगमन गर्न गएका उनले मास्क माथि सारेर निधारमा पुर्याएका थिए ।
बाराको कलैयाका पत्रकार साजिर मन्सुरले ‘जनताले मास्क नलगाए जबर्जस्ती १ सय रुपैयाँ तिराउने हाम्रो प्रजिअ रुद्रप्रसाद पण्डित ज्यूले निधारमा मास्क लगाउँदा कति तिर्दा उचित होला ? भनी स्टाटस पोष्ट गरेका छन् । त्यसमा समर्थन र विरोधमा विभिन्न टीका टिप्पणी आएका छन् ।
फोटो विवादमा परेपछि प्रजिअ पण्डितले मास्क नलगाएको फोटोहरु हटाएर मास्क लगाएको फोटो मात्रै राखेका छन् ।
प्रजिअ पण्डितकै आदेशमा बारामा कोरोना महामारी शुरु भएपछि २ हजार ९ सय ४७ जनालाई मास्क नलगाएकै कारण कारबाही गरिएको रहेछ । मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गर्नेलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाएपछि १ सय रुपैयाँ जरिवाना लिएपछि मात्रै छोड्ने गरिन्छ ।
प्रमुख जिल्ला अधिकारी पण्डितले भने अनुगमनका क्रममा खैरो एन ९५ मास्क लगाउँदा स्वास थुनिएको जस्तो महसुस भएकाले दूरी कायम गरेर मास्क माथि सारेको बताएका छन् । उनले भोलिदेखि आफूले नियमित मेडिकल मास्क प्रयोग गरी बानी सुधार्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
जन न्युज नेपाल खवर सँगको कुराकानीमा उनले आफूले सुरुमा मास्क लगाए पनि फर्कने बेलामा स्वास फेर्न गाह्रो भएर माथि सारेको बताए ।
‘मास्क लाउँदै नलगाएको, साथमा हुँदै नभएको हैन, सामाजिक दुरी पनि कायम गरिएको छ । राम्रो कुरालाई टीका टिप्पणी गर्ने चलन छैन, नराम्रो कुरा कसरी आउँछ, अरुलाई कसरी खुइल्याउने भन्ने ध्यानमा केही देखिन्छन्’ उनले भने ।