Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सबभन्दा धेरै डिस्लाइक पाउने दोस्रो युट्युब भिडिओ बन्यो ‘सडक-२’ को ट्रेलर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ७ २०७७
  • 18.1K
    SHARES

सबभन्दा धेरै डिस्लाइक पाउने दोस्रो युट्युब भिडिओ बन्यो ‘सडक-२‘ को ट्रेलर

जन न्युज नेपाल खवर प्रतिनिधि

अगस्ट १२ मा सार्वजनिक महेश भट्टद्वारा निर्देशित फिल्म ‘सडक-२‘ को ट्रेलर युट्युब ट्रेन्डिङमा छ। सुरूमा झन्डै एक साथ शीर्ष स्थानमा रहेको ट्रेलर भिडियो दोस्रो, तेस्रो हुँदै आइतबारसम्म चौथो स्थानमा आइपुगेको छ। 

भलै ट्रेन्डिङमा ओरालो लागेको होस्, यो सबभन्दा बढी डिस्लाइक पाउने भिडियोको सूचीमा भने उक्लिँदै छ।

हालसम्म ६ करोड ७० लाख हाराहारी भ्यूज कमाएको भिडियोमा करिब ६ लाख ८४ हजार लाइक छ। डिस्लाइक भने १ करोड २४ लाख पुगिसकेको छ।

योसँगै भिडियो हालसम्म युट्युबमा सबैभन्दा बढी डिस्लाइक हुने भिडियो मध्यको दोस्रो स्थानमा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दैनिक भास्करका अनुसार हालसम्म संसारकै सबभन्दा बढी डिस्लाइक भएको युट्युब भिडियो सन् २०१८ मा सार्वजनिक ‘युट्युब रिवाइन्ड-२०१८‘ हो। यसमा १ करोड ८२ लाख बढी डिस्लाइक छ।

त्यसपछि नम्बर २ मा एक दशकअघि सार्वजनिक भएको गायक जस्टिन बिबरको ‘बेबी‘ बोलको गीत थियो। यसमा १ करोड १८ लाखले डिस्लाइक छ। ‘सडक-२‘ को डिस्लाइक ‘बेबी‘ लाई उछिन्दै दोस्रो स्थानमा परेको छ।

सडक-२ सन् १९९१ मा महेश भट्टकै निर्देशनमा बनेको ‘सडक‘ को सिक्वेलका रूपमा बनाइएको हो। सडकमा सञ्जय दत्त र पूजा भट्टको मुख्य भूमिका थियो र फिल्म हिट भएको थियो।

सडक-२ मा सञ्जय दत्त, पूजा भट्टका साथमा आलिया भट्ट र आदित्य रोय कपुरको मुख्य भूमिका छ। फिल्म २८ अगस्टमा अनलाइन प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज हुने बताइएको छ।

 

तर फिल्मको ट्रेलरलाई नै दर्शकले अस्वीकार गरेको देखिन्छ। अभिनेता सुशान्तसिंह राजपूतको मृत्युपछि बलिउडमा चर्केको ‘नेपोटिजम‘ विवादको प्रत्यक्ष प्रभाव सडक-२ मा परेको हो।

सुशान्तको मृत्युपछि ‘स्टार किड्स‘ का फिल्म बहिष्कार गर्ने भनिरहेका दर्शकहरूले सडक-२ को ट्रेलरलाई सबभन्दा धेरै डिस्लाइक पाउने भिडियो बनाएर रेकर्ड राख्न अपिल समेत गरिरहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४