Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काँडाघारीमा सैलुन चलाउनेलाई देखियो कोरोना, कपाल काट्न गएकाहरूको कन्ट्याक्ट ट्रेसिङ हुँदै !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ७ २०७७
  • 9.1K
    SHARES

काँडाघारीमा सैलुन चलाउनेलाई देखियो कोरोना, कपाल काट्न गएकाहरूको कन्ट्याक्ट ट्रेसिङ हुँदै !

जन न्युज नेपाल खबर नमुना दहाल कार्की

काठमाडौं / सैलुन चलाउँदै आएका व्यक्तिमा कोरोना देखिएपछि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ काँडाघारी क्षेत्र सिल गरिएको छ।

समुदायस्तरमै कोरोना संक्रमण भएको हुन सक्ने भन्दै नगरपालिकाले सैलुनमा दाह्री/कपाल काटेकाहरूको खोजी गर्दै उनीहरूबाट स्वाब संकलन गरिरहेको छ। स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको हो।

सरकारले सैलुन सञ्चालन खुला नगरे पनि लुकिछिपी ठाउँ-ठाउँमा सैलुन सञ्चालन भइरहेका छन्।

‘कपाल काटिदिने सैलुन सञ्चालकमा कोरोना देखिएको भएर त्यस क्षेत्र सिल गरिएको छ । कागेश्वरी मनोहराका मेयर कृष्णहरि थापाले जन न्युज नेपाल खबर सँग भने, ‘सैलुनमा कपाल काट्न को-को गएका थिए, कन्ट्याक्ट ट्रेसिङका काम भइरहेको छ।’

काँडाघारी क्षेत्रमा नगरपालिकाकै घना बस्ती भएकोले समुदायस्तरमा कोरोना फैलिन नदिन कडाइ सुरू गरिएको उनले बताए। उनकाअनुसार वडा नम्बर ७ मा पनि कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ। दर खाएको ठाउँबाट कोरोना फैलिएको भन्ने आशंका पनि छ,’ उनले भने, ‘त्यहाँ को-को गएका थिए पत्ता लगाएर स्वाब संकलन गरी परीक्षण गर्छौं।’

संक्रमितको संख्या वृद्धि भइरहे पनि समुदायस्तरमै फैलिसकेको छ भनेर भन्न नसकिने उनले बताए।
अहिलेसम्म हाम्रो नगरभित्र ७१ जनामा कोरोना पुष्टि भइसकेको छ,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेको छ। हामीले पनि गोठाटारदेखि काँडाघारी क्षेत्रमा थप कडाइ गरिरहेका छौं। जहाँ कोरोना संक्रमित देखिन्छन् उक्त टोलमा सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्दै स्वाब संकलन गरी परीक्षण गरिएको पनि उनले जानकारी दिए।

निषेधाज्ञा कडाइका साथ लागू गर्न नसक्दा थप समस्या देखिएको उनले बताए।

पछिल्लो समय  काठमाडौं उपत्यकामा दैनिक औसत २ सयका दरले कोरोना संक्रमित थपिइरहेका छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४