आज प्रसूति गृहमा तीन जना चिकित्सकसहित ८ जनालाई कोरोना संक्रमण देखियो
जन न्युज नेपाल खवर नमुना दहाल कार्की :
फाइल तस्बिर।

काठमाडौं /भदौ ७ थापाथलीस्थित प्रसूति गृहमा तीन जना आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
बाँकी संक्रमितहरूमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड एक/एक जना र अस्पतालभित्र रहेका बैंकका कर्मचारी रहेको अस्पतालका निर्देशक डाक्टर संगीता मिश्रले जन न्युज नेपाल खवरलाइ जानकारी दिइन्।
संक्रमितमध्ये दुई जना टेकु अस्पतालको आइसोलेसनमा रहेको र बाँकी संक्रमित भने होम आइसोलेसनमा रहेको उनले जनाइन्।
अस्पतालमा भर्ना भएका बिरामीलाई भने कसैलाई पनि संक्रमण देखिएको छैन।
आज पनि १६ जनाको परीक्षण गर्ने अस्पतालले तयारी गरेको छ।
स्वास्थ्यकर्मीलाई संक्रमण देखिए पनि अस्पतालको कुनै पनि सेवा प्रभावित नभएको मिश्रले बताइन्।
उनले संक्रमण देखिएपछि थप सतर्कता अपनाइएको जानकारी दिइन्।
‘अहिले सबै अस्पतालहरूमा संक्रमण देखिरहेको छ। त्यो हिसाबमा यहाँ पनि देखिनु स्वभाविक तर थप सतर्कता अपाउन भने जरूरी छ,’ उनले भनिन्।