Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुशासन अभियानद्वारा संवैधानिक निकायमा राजनीतिक भागबण्डाको विरोध :


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ७ २०७७
  • 8.4K
    SHARES

सुशासन अभियानद्वारा संवैधानिक निकायमा राजनीतिक भागबण्डाको विरोध :

जन न्युज नेपाल खवर प्रतिनिधि : नमुना दहाल कार्की 

 

पूर्वडिआइजी रमेश खरेलको नेतृत्वमा‘हाम्रो नेपाल सुशासन अभियानले संवैधानिक निकायको नियुक्तिमा राजनीतिक भागबण्डाविरूद्ध सबैतिरबाट विरोध गर्न अपील गरेको छ।

हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू भागबण्डामा नियुक्तिको तयारी भइरहेको कुरा बाहिरिएपछि अभियानले विरोध गरेको हो।

‘राजनीतिक गुठियारहरूले आ-आफ्ना गुठी मजबुत बनाउँदै स्वार्थ पूरा गर्न र आफ्ना कर्तुत लुकाउन, अरुलाई बदला लिन सहायक हुने गरी व्यक्ति छानी नियुक्त गर्ने प्रवृत्ति हावी हुन जाने अवस्था देखिँदैछ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट संवैधानिक नियकाहरूको प्रयोजन निस्तेज, भ्रष्ट, स्वार्थी र बिचौलिया हावी भएर राष्ट्र झन् बिकराल अवस्थामा जाने हुन्छ। अभियानले सो कार्यबाट जोगाउन सबै चेतनशील नागरिक, प्रवुद्ध वर्गले आवाज उठाउनुपर्ने बताएको छ।

आ-आफ्ना नजिकका र भनेको मान्ने व्यक्ति नियुक्त गर्ने परिपाटीको अन्त्यका लागि राजनीतिक गुटमा नलागेका, विशुद्ध व्यावसायीक निर्णय क्षमता भएका, निडर र आत्मस्वाभीमान चरित्रबाट बिचलित नहुने व्यक्तिहरुको खोजी र पहिचान हुनुपर्छ,’ अभियानले भनेको छ।

भागबण्डा संस्कार र प्रवृत्तिको अन्त्यका लागि व्यावसायिक र स्वाभीमानी व्यक्तिहरुले आवाज उठाउनुपर्ने अभियानको भनाइ छ।

स्वार्थी, भ्रष्ट, बिचौलिया, प्रवृत्ति भागबण्डाको यो घिनलाग्दो चरित्रको पर्दाफास गरौं, सबै एकजुट बनौं,’ विज्ञप्तिमा भनिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४