Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्थानीयवासी आन्दोलित क्षतिपूर्ति माग गर्दै प्रहरी कार्यालय घेराउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ७ २०७७
  • 12.4K
    SHARES

स्थानीयवासी आन्दोलित क्षतिपूर्ति माग गर्दै प्रहरी कार्यालय घेराउ

 

प्रतीकात्मक तस्बिर

महाकाली नगरपालिका–६ मा मोटरसाइकल सवारी दुर्घटनामा परी मृत्यु भएका सागर बमको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् ।

स्थानीयवासीले दुर्घटनामा मृत्यु भएका युवकका परिवारलाई क्षतिपूर्ति माग्दै शनिबार दिनभर इलाका प्रहरी कार्यालय घेराउ गरेका छन्।

मृतक बमको शवसहित क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन्। महाकाली–६ मा शुक्रबार  मोटरसाइकल दुर्घटना हुँदा बमको मृत्यु भएको थियो। बम महाकाली–१ का बासिन्दा हुन।

स्थानीयवासीले प्रहरी कार्यालय घेराउसहित नाराबाजी गर्दै सडक अवरुद्ध गरेका छन्। मोटरसाइकलमा सवार अर्का कुमार बुढा घाइते छन्।

भारतीय नम्बरको युके०६एएफ ८४२६ नंको मोटरसाइकल युके०६ए०६ए ५८१२ नंको मोटरसाइकलसित ठोक्किएको थियो।

मोटरसाइकल ठोक्किएपछि बम बेहोस भएका थिए। उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको थियो। उनीसँगै मोटरसाइकलमा सवार बुढाको खुट्टा भाँचिएको छ।

समस्या समाधानका लागि छलफल

सवारी दुर्घटनामा परी ज्यान गुमाएका युवकलाई क्षतिपूर्ति माग्दै स्थानीयवासी आन्दोलनमा उत्रिएपछि समस्या समाधानका लागि अहिले छलफल सुरू भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक लालबहादुर बमले बताए।

 

इलाका प्रहरी कार्यालय दोधारामा मृतक युवकका आफन्तसहित जनप्रतिनिधि र प्रहरीबीच समाधानका लागि छलफल सुरू गरिएको छ।

छलफलमा नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिजाली, महाकाली–१ का अध्यक्ष अर्जुनदत्त भट्ट, दिलबहादुर सिंह, प्रहरी निरीक्षक बमलगायत छलफलमा बसेका छन्।

स्थानीयवासीले मृतक युवकका परिवारका लागि सात लाख क्षतिपूर्तिको माग गरेका छन्।

{रासस}

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४