काठमाडौं–काठमाडौं उपत्यकामा निषेधाज्ञा अटेर गर्दै ललितपुरको बालकुमारीमा डियुटीमा खटिएका प्रहरीमाथि कुटपिट भएको छ ।
महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका यात्रुलाई सोधपुछ गर्न खोज्दा पैदल यात्रुले हातपात गरेका हुन् ।
प्रहरीमाथि हातपात गर्ने पाटन सुन्धारा बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका ३ का २५ वर्षीय नविन तामाङ र सोही ठाउँका अर्का किशोर छन्।
कुटपिटबाट घाइते भएका २ जना प्रहरी बीएण्डबी अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन्।