Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी गराउन जनसम्पर्क समिति युरोपको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ६ २०७७
  • 5.9K
    SHARES

कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी गराउन जनसम्पर्क समिति युरोपको आग्रह !

 

 नेपाली जनसम्पर्क समिति यूरोपले १४ औं महाधिवेशनमा सहभागी गराउन सभापति शेरबहादुर  देउवासमक्ष  माग गरेको छ । 

समितिका सभापति दिल गुरुङ र महामन्त्री गंगाधर गौतमद्वारा जारी विज्ञप्तिमा  गत वर्ष संशोधित कांग्रेसको विधानले १३ औं महाधिवेशनको भावनालाई कुल्चिएको ठहर गरेको छ  । नेपालको संविधानले समेत विदेशमा बस्ने नेपालीहरुको लागि गैरआवासीय नेपाली नागरिकतालाई मान्यता दिएको अवस्थालाई समेत कुल्चेर पार्टीले विदेशी नागरिकता लिएका भन्दै हजारौं कार्यकर्तालाई पार्टीको क्रियाशिल सदस्यताबाट बन्चित गराउन खोजिनु उचित नभएको नेपाली जनसम्पर्क समिति युरोपको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ  । 

नेपालको संविधान र लोकतन्त्रवादीहरुको भावना अनुरुप सबैलाई १४ औं महाधिवेशनमा भाग लिन पाउने वतावरण तयार गर्न पार्टी समक्ष आग्रह गरेको हो । यसका साथै विदेशस्थित नेपाली जनसम्पर्क समितिको म्याद सकिएका देशहरुमा तत्काल अधिवेशनको मिति तय गरी अघि बढ्न समेत सबै पक्षसँग आग्रह गरेको छ ।

यस्तै  कोभिड १९ को प्रभावका कारण विदेशमा रहेका नेपाली समुदायप्रति नेपाल सरकारले देखाएको उदासिनताप्रति नेपाली जनसम्पर्क समिति युरोपको ध्यानाकर्षण भएको जनाएको छ । 

कोरोना भाइरसको संक्रमणको रोकथामको लागि सरकारले प्रभावकारी कदम चाल्नुको सट्टा स्वास्थ्यसम्वन्धी सामग्री, चार्टड उडानलगायतमा सरकार आर्थिक चलखेलमा मुछिनु निन्दनीय भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

विदेशस्थित एयरलाइन्सलाई उडान अनुमति दिनु र यात्रुहरु बोकेर उड्न लागेको नेपाल एयरलाइन्सको जहाजलाई अन्तिम समयमा आएर रोकिनु सरकारको नियतमाथि प्रश्न चिन्ह खडा भएकाे समितिले आराेप लगाएकाे छ ।  

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४