Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

४ करोड ८ लाखमा बिक्री भयाे महात्मा गान्धीको चश्मा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ६ २०७७
  • 4.8K
    SHARES

४ करोड ८ लाखमा बिक्री भयाे महात्मा गान्धीको चश्मा

४ करोड ८ लाखमा बिक्री भयाे महात्मा गान्धीको चश्मा

भारत / लिलामीमा राखिएकाे महात्मा गान्धीकाे चश्मा बिक्री भएकाे छ । सम्भवतः  गान्धीले प्रयोग गरेको पहिलाे चश्मा एक अमेरिकी संकलकले भारू २ करोड ५५ लाखमा किनेका हुन् । जुन नेपाली रुपयाँ ४ करोड ८ लाख हुन जान्छ ।

भारत / लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनले आफूलाई सो चश्मा अगस्ट ३ मा एउटा सादा खाममा प्राप्त भएको जनाएको छ । एजेन्सीका एन्ड्रयू स्टोका अनुसार चश्माको लिलामीबाट १४ लाख बढी रकम प्राप्त गर्ने आशा राखिएको थियो । तर साेचेभन्दा बढी माेलमा उक्त चश्मा बिक्री भयाे । उक्त एजेन्सीका मालिक म्यानगाट्सफिल्डले लिलामीबाट प्राप्त रकम आफ्नी छोरीसँग बाँड्ने बताएका छन् ।

बिबिसीका अनुसार गान्धीलाई उक्त चश्मा उनी दक्षिण अफ्रिकामा कार्यरत रहँदा उनका काकाले दिएका थिए । यसकाे अुनसन्धानबाट गान्धीले चश्मा लगाएकाे समय र अन्य प्रमाणका आधारमा याे गान्धीकै पहिलाे चश्मा हुन सक्ने तथ्य पत्ता लागेकाे बताइएकाे छ ।

इस्ट ब्रिस्टल अक्सनका एन्ड्रयू स्टोले भने, ‘करिब ५० वर्षसम्म यो चश्मा यत्तिकै दराजमा थन्किएको थियो । यसलाई लिलाम गर्न चाहने मानिसले एक समय चश्माले आफूलाई कुनै फाइदा नभएकोले फ्याँकिदिन चाहेको बताएका थिए । तर अहिले यस्तो रकम पाए, जसले उनको जीवन बदल्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४