रिहाले महेश भट्टसँग गरेको कुराकानी बाहिरियो
एजेन्सी : बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नि’धनपछि सबैभन्दा धेरै चर्चामा आएको नाम हो रिया चक्रकर्ती।
रिया सुशान्तकी कथित प्रेमिका हुन् र सुशान्तले आत्मह’त्या गर्नुभन्दा केही दिन पहिलेसम्म सुशान्तसँगै बस्दथिन्। यी दुई कारणले गर्दा पनि रिया सबैको नजरमा परेकी छन्। सुशान्तको आत्महत्या केसमा पुलिसले रियासँग पनि धेरैपटक सोधपुछ गरिसकेको छ।
सुशान्तसँग रिया प्रत्यक्ष रूपमा जोडिएकाले सबैको संकाको घेरामा रिया परेकी छन्। आम जनताले रियालाई नै दोषी मानेको छ तर अहिलेसम्म रियाका विरुद्ध केसमा सबुत फेला परेको छैन। यसका साथै फिल्म निर्माता महेश भट्ट पनि निकै चर्चामा आएका छन् ।
उनीहरुको ह्वाट्सपमा भएको कुराकानी पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । उनीहरुबीच २०१८ मा मजबुत सम्बन्ध थियो । यसै वर्ष रियाले महेश भट्ट उनको जीवनमा निकै महत्त्व राख्ने बताएकी थिइन् ।
रिया चक्रवर्तीले महेश भट्टसँगको सम्बन्धको बारेमा धेरै पटक खुलासा गरेकी छिन् । सन् २०१९ मा महेश भट्टको ७० औं जन्मदिनमा गोप्य तस्बिर सेयर गरेकी थिइन् ।
उनले तस्बिरमा लेखेकी थिइन्, ‘मेरो बृद्धा जन्मदिनको शुभकामना । सर, तपाईँले मलाई मायाले सम्हाल्नुभयो । तपाईंले मलाई माया दिनुभयो । तपाईंले मलाई उड्नलाई पखेटा दिनुभयो ।’ उनी यो पोष्ट्पछि ट्रोलको सीकार भएकी थिइन् ।
भाइरल भएपछि रियाले तस्बिर शेयर गर्दै उनले फिल्म ‘अमर प्रेम’ को एउटा गीत, ‘तिमी को हौँ ? तिम्रो नाम के हो ? सीता पनि यहाँ बदनाम भइन् ।’ लेखेकी थिइन् । यसका साथै, रियाले ट्रो लले निकै चिन्तित भएको खुलासा गरेकी थिइन् ।
उनले महेश भट्टसँग बाबु र छोरीको सम्बन्ध भएको खुलासा गरेकी थिइन् । त्यस्तै सुशान्तको निधनमा उनको साथी सन्दिपको हात रहेको यी नेताको दाबी गरेका छन् । सन्दिप रिहासँग पनि नजिक रहेको र महेश भट्टसँग मिलेर प्लान बनाएको बुझिएको छ ।