उपत्यकामा कोरोनाबाट आज मात्र ३ जनाको मृत्यु
जन न्युज नेपाल खवर
नमुना दहाल कार्की
काठमाडौं । ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस ९कोभिड–१९० संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा दोलखा जिल्लाकी एक महिला र सर्लाही जिल्लाका एक पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार गत भदौ २ गतेदेखि उपचाररत दोलखाकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।त्यस्तै साउन ३१ गतेदेखि अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार निधन भएको छ । यस्तै बिहीबार साँझ काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु भएको हो।
उनीहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।