Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवनमा फेरी स्टाफ नर्ससहित थप २६ जनामा कोरोना संक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ५ २०७७
  • 5.5K
    SHARES

चितवनमा फेरी स्टाफ नर्ससहित थप २६ जनामा कोरोना संक्रमण

फाइल।

चितवनमा स्वास्थ्यकर्मी समेतगरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार राति गरिएको परीक्षणका क्रममा ११ जना महिला र १५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।

भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकाहरू मध्ये चितवनका २२ जना छन्।

उनीहरूमध्ये भरतपुर महानगरपालिकाका मात्र १९ जना छन्। ती १९ जना भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब दिएका स्वास्थ्यकर्मी तथा बिरामीहरू हुन्।

उनीहरू ९ वर्ष देखि ६७ वर्ष सम्मका छन्। 

क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मीहरूमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा बिहीबार २ जना स्टाफ नर्ससहित १० जनामा संक्रमंण देखिएको बताए।

भरतपुर अस्पतालबाट स्वाब दिएकाहरू लक्षणसहित परीक्षणका लागि आएकाहरू रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताएका छन।

राप्ती नगरपालिकाको वडा नम्बर २ र ८ मा क्वारेन्टिनमा बस्दै आएका तीन जनामा पनि कोरोना संक्रमण देखिएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले बताइन्।

 

त्यतै नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक÷एक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ।

नवलपुरका ४० वर्षीय पुरुषको स्वाब नवलपुरकै मध्यविन्दु अस्पतालबाट लिइएको हो।

अन्यको क्यान्सर अस्पताल भरतपुरबाट लिइएको हो। 

बिहीबार राती ३०६ वटा स्वाबको नमूना परीक्षण गर्दा अन्य २८० जनाको रिपोर्ट भने नेगेटिभ आएको छ।

चितवनमा कोरोना संक्रमितको संख्या ३ सय नाघेको छ। उनीहरू मध्ये ११३ जना निको भइसकेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४