सन्दीपले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए !
जन न्युज नेपाल खबर प्रतिनिधि
काठमाडौं / नेपाली राष्ट्रिय टिमका सदस्य तथा युवा लेगस्पीनर सन्दीप लामिछानेले मगलबारदेखि ट्रिनिडाड एण्ड टोबागोमा सुरु भएको सीपीएलमा पहिलो खेल खेल्दै विकेट लिएका छन। जमैका तल्लावहजका लागि खेलेका सन्दीपले सेन्ट लुसिया जुक्सविरुद्ध एक विकेट लिए । उनले आफ्नो स्पेलको चौथो तथा अन्तिम ओभरमा जुक्सका अफगानि खेलाडी नजिबुल्लाह जद्रानलाई कप्तान रोभमन पावेलो हातबाट क्याचआउट गराए ।