Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल पत्रकार महासङ्घको कार्यकाल छ महिना थपियो !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ३ २०७७
  • 27.2K
    SHARES

नेपाल पत्रकार महासङ्घको कार्यकाल छ महिना थपियो !

 

 जन न्युज नेपाल खवर प्रतिनिधि

 

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको कार्यकाल छ महिना थपिएको छ।

आज बसेको महासङ्घ बैठकले कार्यकाल थप गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

३ वर्षे कार्यकाल भदौ ५ गते समाप्त हुन लागेकोमा कोरोना महाव्याधीको जोखिमका कारण तत्काल महाधिवेशन सम्पन्न गर्न असम्भव देखिएकाले महासंघको विधान बमोजिम केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको कार्यकाल ६ महिना थप गरिएको हो।

कोरोना संक्रमणको त्रास र श्रमजीवी पत्रकारको आर्थिक अवस्थाबारे भेलामा प्राप्त रायका आधारमा महासंघको सदस्यता नवीकरण र नयाँ सदस्यता प्राप्तिको म्याद २०७७ भदौ मसान्तसम्म थप हुनेछ।

शाखाहरुले सो अवधिभित्रै सदस्यताको सिफारिस प्रदेश समिति समक्ष पेश गरिसक्ने र प्रदेश समितिले असोज मसान्तसम्म केन्द्रीय समिति समक्ष पेश गरी केन्द्रमा अभिलेख राख्नुपर्नेछ।

२०७७ फागनु ३ गते केन्द्र, प्रदेश र शाखाको निर्वाचन सम्पन्न गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ। महासचिव रमेश विष्टले जानकारी दिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४