Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा जारीभयो एक साताको निषेधाज्ञा के खुल्छन्, के खुल्दैनन्? विवरण सहितको जानकारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २ २०७७
  • 6.5K
    SHARES

काठमाडौं उपत्यकामा जारी एक साताको निषेधाज्ञामा के खुल्छन्, के खुल्दैनन्?

फाइल तस्बिर

जन न्युज नेपाल खवर विशेष सम्बाददाता काठमाडौं /

 

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सम्मिलित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेको हो।

संक्रामक रोग ऐन २०२० को दफा २ एवम् न्याय प्रशासन ऐन २०२८ को दफा ६ (३)बमोजिम भदौ ३ गते राति १२ देखि १० गते रातिसम्म निषेधाज्ञा जारी गरिएको काठमाडौं प्रशासनले जनाएको छ।

यो निषेधाज्ञामा औषधी, खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन भनिएको छ।

यस्तै, अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै व्यापार-व्यवसाय बन्द गरिने छ।

अत्यावश्यक सामग्रीलगायतका मालबाहक ढुवानीका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक काठमाडौंमा सवारीसाधन भित्रिन दिइने छैन। जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन पनि बन्द हुनेछन्।

कोभिड-१९ को संक्रामण जोखिम नियन्त्रण, सोको रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनुपर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा जान-फर्कन पर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम् कर्मचारी संख्या निर्धारण गरी परिचयपत्रको आधारमा सवारीसाधन सञ्चालन गर्न पाउने छन्। उनीहरूका लागि बिहान ९ देखि साढे १० र अपराह्न ३ देखि साँझ ५:३० सम्म आवागमन का लागि साधन चलाउन दिइने छ।

अत्यावश्यकीय वस्तु, सेवा अन्तर्गत पर्ने औषधी, खाद्यान्न, फलफुल ग्यास, इन्धन, दुग्ध, विद्युत, सञ्चार, मृत्यु संस्कार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, अस्पताल जाने आउने बिरामीलगायतलाई सवारीसाधन चलाउन दिइने छ।  

 

यस्तै, कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन हुन पाउने छैन। मानिसहरू भेला-जम्मा हुन र भिडभाड गर्न पाइने छैन।

प्रशासनका अनुसार परम्परागत रुपमा भई आएको दैनिक नित्य पूजाबाहेक धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न र जमघट हुन दिइने छैन। शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्युसन सेन्टर, भाषा कक्षालगायत बन्द रहनेछन्।

सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, ब्यूटीपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालयहरू बन्द रहने छन्।

यस्तै, फुटपाथ वा खुला ठाउँमा, ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय पनि बन्द रहने छन्। होटल-रेष्टुराँ सबै बन्द रहने छन्। बैंकिङ सेवालगायत भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन, न्यूनतम् कर्मचारी राखी स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गराउनलगायत निर्णय प्रशासनले गरेको छ।

निषेधाज्ञा निर्णयको पूर्णपाठ                       

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४