मनोवैज्ञानिक असर
कोरोना भाइरसले सबैभन्दा बढी मनोवैज्ञानिक असर बालबालिका र वृद्धवृद्धामा परेको छ ।
चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस ( कोभिड–१९) को त्रास अहिले विश्वव्यापी बनिसकेको छ । विश्वभर फैलिएको कोरोना भाइरसले कुनै पनि उमेर समूहको व्यक्ति अछुतो छैन । बालबालिका, युवा, वयष्क, वृद्धवृद्धा सबैमा यसको संक्रमण छ । कोरोना रोकथामका लागि भन्दै गरिएको लकडाउनले भने सबैभन्दा बढी मनोवैज्ञानिक असर बालबालिका र वृद्धवृद्धामा परेको छ । बालबालिकाको स्वभाव नै चञ्चल हुन्छ । उनीहरू नयाँनयाँ कुराहरूमा जिज्ञासा राख्छन् । अलिकति पनि गलत देखेभने र बोलेभने पनि नराम्रो असर त पार्छ नै समाजिक रुपमा पनि दिर्घकालीन वकृति फैलाउने हुदा यसको दिर्घकालीन असर लाई ध्यानमा राख्दै सरोकारवाल पक्षले विशेष ध्यान दिनु पर्ने विरिष्ठ मनोविद गोपाल ढकालले बताए ।
कोराना भाइरसको महामारीले एकातिर दिनप्रति ठुलो रुप लिइरहेको छ भने अर्काे तिर लकडाउनले घरमै बस्नु पर्दा अहिले इनटरनेट र सामासजिक सन्जाल सबै भन्दा बढी समय बिताउने हुदा यसको असरले गर्दा समाजिक विकृति तर्फ बढी ध्यान केन्द्रित गर्ने हुदा यसको लागी शिक्षा मुलक जनचेतना फैलाउन पर्ने ढकाल बताउन्छन । उनी भन्छन् यो रोगबाट निको भएर गएकाहरुको लागी पनि समाजिक र पारिवारिक ठुलो चुनौती त छ नै शिक्षित व्यतिmबाट नैे अपहेलनाका दृष्टिकोणले हेर्ने हुदाँ आत्म हत्याको दरपनि बढ्दै गइरहेको छ । बालबालिकामा कोरोना भाइरस वा अन्य कुनै कुराले त्रास पैदा भएको छ । र उनीहरु तनावमा छन्। भने अभिभावकले चिकित्सकलाई परामर्श लिनुपर्ने नत्र यसले विभिन्न मनोवैज्ञानिक रोग लाग्न सक्ने ढकाल बताउन्छन् ।
कोरोनाले अहिले एक राष्ट्र मात्र नभई विश्वलाई लाई आका्रन्त पारेको छ । यस्तो बेला सरकार सरोकारवाला निकाय र अविभावकले धैर्यता राख्नुपर्छ । बालबालिका र वृद्धवृद्धामा मनोवैज्ञानिक असर पर्न नदिन शिक्षमुलक कार्यक्रमा विशेष ध्यान दिन आवश्यक छ ।
क्यामेरामा निर्जन महतका साथमा जन आवाज टेलिभिजन रिपोटर नमुना दहाल कार्की काठमाडौ ।