नेकपा सचिवालय बैठक सुरू भएको छ।
जन न्युज नेपाल खवर सम्बाददाता

तस्बिर स्रोत :- प्रधानमन्त्री को प्रेस सल्लाहकार सुर्य थापाको फेसबुक मार्फत
प्रधानमन्त्री निवास बालुवाटारमा सुरू बैठकमा समसामियक विषयमा छलफल हुने र पार्टीको विवाद समाधानका लागि बनेको कार्यदलको कार्यदेश निर्धारण गर्ने बताइएको छ।
गत शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भएको छलफलले ६ सदस्यीय कार्यदल बनाएको थियो।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा स्थायी समिति सदस्यहरू भीम रावल,पम्फा भुषाल,जनार्दन शर्मा,सुरेन्द्र पाण्डे र शंकर पोखरेल रहेका छन्।
कार्यदलको कार्यदेशका लागि सचिवालय बैठक बस्नुपर्ने माग सचिवालय सदस्यहरूले गरेकाले बैठक बोलाइएको जानकारी प्राप्त भएको छ ।
गत साउन ३ गते बसेको सचिवालय बैठक बसे यता बैठक बस्न सकेको थिएन।