लकडाउनको अवस्थामा रहे पनि ऐतिहासिक धरहरा पुनः निर्माणको काम राेकिएन ।
जन न्युज नेपाल खबरसविना सिलवाल काठमाडौं,
काठमाडौं / काेराेना भाइरसको महामारी बिच पनि ऐतिहासिक धरहरा पुनः निर्माणको काम भइरहेको छ । धरहरा पुनःनिर्माण कामका लागि सरकारले लकडाउन गर्नुअघि नियमित २०० जना काममा खटिएको थियो । काममा खटिएका मध्य २० जना बङ्गाली रहेका थिए भने अरु बाँकी सबै नेपाली रहेका थिए ।
नेपाली कामदारले घर जाने मेसो मिलाए पनि बंगाली कामदारलाई घर जान समस्या भएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सुरक्षित रुपमा उनीहरुलाई काम गराउन दिएको जनाएको छ उनिहरुलाई खाने र बस्ने व्यवस्था भने निर्माण व्यवसायीले गरिदिएको छ ।
विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणका लागि शिलान्यास गरेका थिए । हाल धरहरा निर्माणको काम जारि रहेको छ ।