बारामा आइतबारदेखि नै सेना परिचालन :
जन न्युज नेपाल खवर बारा प्रतिनिधि
बारामा आइतबारदेखि नै सेनाले गस्ती शुरु गरिसकेको छ । तर मुख्य सडक क्षेत्र बाहेकका अन्य गल्लीहरुमा मानिसहरुको चहलपहल रोकिएको छैन । जिल्ला सुरक्षा समितिले समुदायमा फैलिएको कोरोना संक्रमणलाई थप फैलिन नदिन निषेधात्रामा कडाइ गर्नुपर्ने आवश्यकता देखिएको भन्दै आइतबार देखि नै सेना परिचालन गरिएको छ ।