कोभिड १९ सम्बन्धी अद्यावधिक विवरण, पर्सा (पछिल्लो अद्यावधिक मिति २०७७ साउन ३१ गते साँझ ५ बजे)
जन न्युज नेपाल खवर पर्सा सम्बाददाता :-
१. आजसम्म जम्मा कोरोना संक्रमित पुष्टि संख्या : ११८८ (९५१ पुरुष, २३७ महिला)
(आज पुष्टि भएका वीरगंज महानगरपालिकाका १९ (१३ पुरुष, ६ महिला) र पर्सागढी न.पा.का १ जना पुरुष सहित (१९ जना भारतीय नागरिक, ८२ जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ४ जना पत्रकार, ८३ कैदी थुनुवा , ३२ जना अस्पताल सफाइकर्मी, गार्ड र का.स. सहित)
२. कोरोना मुक्त भई घर फर्केकाको संख्या : २६४ ( २०७ पुरुष, ५७ महिला)
(आज विभिन्न उमेर समूहका २८ जना ( २५ पुरुष ३ महिला) निको भई घर फर्केका
३. आईसोलेसनमा रहेको पोजेटिभ केस : १४९ (१२२ पुरुष, २७ महिला)
४. होम आईसोलेसनमा रहेको पोजेटिभ केस : ४५२ (३७४ पुरुष, ७८ महिला)
५. क्वारेन्टाईनमा रहेको संकास्पद केस : १२३ (९३ पुरुष, ३० महिला)
६. जम्मा स्वाव संकलन : १५२२९ रिपोर्ट आउन बाँकी: ९०२
आज संकलन भएको स्वाव संख्या : १८५
७. मृतकको संख्या : हालसम्म कोभिड १९ को कारण मृत्यु भएको संख्या २० ( १ जना भारतीय र १ जना वेवारिसे । साथै बाराबाट आएका २ र रौतहटको १ जना समेत मृत्यु भएकोले कूल मिलाउदा भने २३ जना हुने)
– वीरगंज १२ मुर्ली पर्साका ६० वर्षिय १ जना पुरुषको उपचारको क्रममा नारायणी गण्डक कोभिड अस्पतालमा आज मृत्यू भएको
८. नारायणी कोभिड-१९ अस्पताल गण्डकमा-७०, नारायणी कोभिड-१९ अस्पताल वीरगंज हेल्थ केयर-१२० र नारायणी अस्पतालमा-२० बेड गरी २१० बेडको आईसोलेसन सेन्टर हुनुका साथै ४८० बेडको सेमी आईसोलेसनको व्यवस्था गरिएको छ ।
९. जिल्लाको विभिन्न ठाउँमा संचालित १२४५ बेडको क्वारेन्टाईन रहेको ।