Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रौतहटमा भदौ ७ सम्म निषेधाज्ञा जारी भएको छ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ३२ २०७७
  • 3.2K
    SHARES

रौतहटमा भदौ ७ सम्म निषेधाज्ञा जारी भएको छ

 

 

रौतहट । रौतहटमा भदौ ७ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको छ । शनिबार स्थानीय प्रशासनले निषेधाज्ञाको समय ७ दिन थप गर्दै भदौ ७ गतेसम्म पुर्याएको हो । रौतहटका सिडियो ईन्द्रदेव यादवको अध्यक्षतामा शनिवार बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई निरन्तरता दिएको हो । यसअघि साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

 

कोभिड १९ बाट संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको र संक्रमणको जोखिमको सम्भावना समेत उच्च रहेकाले जिल्ला सुरक्षा समितिको बैठकले अगामी भदौ ७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको सिडियो यादवले जानकारी दिए ।

 

निषेधाज्ञा थप गरिएको अवधिमा नागरिकको सहजताको लागि भदौ १ गते, ३ गते र ५ गते बिहान ६ बजेदेखि ९ बजे सम्मसर्तसहित अत्यावश्यक खाद्यान्न पसल खोल्न निर्देशन दिइएको छ । पसल र उपभोक्ताले अनिवार्य मास्क, सेनिटाईजर तथा पञ्जाको प्रयोग गर्नुपर्ने, भौतिक दुरीको ब्यवस्था मिलाउनुपर्ने पनि  बैठकले निर्णय गरेको छ ।

 

निर्णयको बेवास्ता गर्नेलाई संक्रामक रोग एन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा जारी सूचनामा उल्लेख छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४