देशव्यापी रुपमा एउटै खालको लकडाउन हुँदैन स्वास्थ्य मन्त्री ढकाल!
जन न्युज नेपाल खवर
नमुना दहाल कार्की
उपत्यका प्रवेश गर्नेको स्वाब परीक्षण गर्दा हामीलाई तरङ्गित बनायो : मन्त्री ढकाल
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमणको दर यही अवस्थामा रहेमा भदौदेखि शैक्षिक संस्था, हवाई उडान र सार्वजनिक यातायात संचालन गर्ने कार्यसूची परिमार्जन हुन सक्ने बताएका छन् । काठमाडौंमा बुधबार पत्रकारहरुसँगको अन्तरक्रियामा उनले ‘परीक्षण धेरै गरेको भए संक्रमित धेरै देखिन्थे, सरकारले परीक्षण नगरेको कारण संक्रमित भेटिएन’ भन्ने आरोपमा दम नरहेको समेत बताएका छन्
उनले स्वास्थ्य सामग्री खरिद गर्दा ‘भ्रष्टाचारको बात लागेको’ गुनासोसमेत गरे । अनियमितता भए/नभएकोबारे छानविन भइरहेको र सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गर्दै उनले आफूविरुद्ध गलत आरोप लगाइएको प्रष्ट पारे । उनले पैसा कमाउनुपर्ने अवस्था आएमा आफू राजनीतिमा नरहने पनि प्रष्ट पारे । भ्रष्टाचार नगर्दा पनि आफूमाथि बात लागेको उनको गुनासो थियो ।
कोरोनाभाइरस सबैको साझा दुश्मन भएकोले सबैजना एउटै कित्तामा उभिनुपर्छ । कोरोनामाथि विजय प्राप्त गर्नका लागि सबैजना सँगै लड्नुपर्छ । फ्रन्टलाइनमा बसेर काम गर्ने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको मनोबल बढाउने र उत्साहित बनाउने भूमिका मिडियाले पनि निर्वाह गर्नुपर्छ । नेपालमा कोरोना संक्रमणसम्बन्धी जनस्वास्थ्य विज्ञहरूले अनुमान गरेअनुसार साउन २५ देखि भाद्र २ गतेसम्म कोरोना संक्रमणको खराब अवस्था रहन्छ । यो अवस्थामा लकडाउन कडा भए पनि भदौ २ गतेसम्म खराब अवस्थामा पुग्न पनि सकिन्छ भन्ने विज्ञहरूको अनुमान थियो । तर लकडाउन खुकुलो भएमा
साउन २५ गतेसम्म संक्रमण दर उच्चतम विन्दुमा पुगी कोरोना संक्रमित ९१ हजारजनासम्म पुग्न सक्छ । मध्यमखालको विन्दुमा पुग्दा संक्रमितको संख्या ३९ हजार जना पुग्न सक्ने मन्त्रायलयको विश्लेषण थियो ।
मन्त्रालयले केही दिन अघि त्यस प्रक्षेपणलाई समीक्षा ग¥यो । अहिलेसम्मको संक्रमितको उच्चतम बिन्दु असार १६ गते हो । त्यो बेला अहिलेसम्मको उच्च जोखिमको आधारमा जाँदा १२ हजारभन्दा माथि थियौँ । मध्यम खालको संक्रमण जोखिममा जाँदा ४ हजारभन्दा माथि हुन्छ भन्ने थियो तर त्यस दिनसम्म १० हजार ३ सय ४१ जना कोरोना संक्रमित भेटिए । यो अहिलेसम्मको संक्रमितको उच्च बिन्दु हो । त्यहाँदेखि यता पोजेटिभको संख्या १० हजारभन्दा माथि गएको छैन ।
हाल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । संक्रमित निको भएर घर फर्किने ७२ प्रतिशत भएको हुनाले संक्रमित करिब ६ हजार पुग्न लागेको छ । हाल आइसोलेसनमा करिब ६ हजार जना छन् । संक्रमितको संख्या बढ्दै गएर एउटा विन्दुमा पुगेर ग्राफमा तल झर्दा दैनिक ३० वटा केशमा सीमित राख्न सकिन्छ कि भन्ने हाम्रो बुझाइ थियो । तर यो यथार्थतामा परिणत भएन । हामी त्यो ढङ्गले लिडिङ गर्ने ठाउँमा जान सकेनौँ कि ? फेरि संक्रमितको ग्राफ माथि लागेको छ ।
त्यसबेला निको भएर घर फर्किनेको संख्या धेरै थियो । पछिल्ला ४/५ दिनमा पोजेटिभ केश बढी छ भने निको भएर फर्किनेको संख्या कम हुँदै आएको छ ।
सरकारले जनसंख्याको २ प्रतिशत अर्थात ६ लाख जनाको कोरोना परीक्षण गर्ने योजना बनाएर अघि बढेको छ । सरकारले पहिलादेखि नै भन्दै आएको छ । ६ लाख जनालाई परीक्षण गर्नको लागि सामग्रीको कुनै समस्या छैन । ६ लाख जनामा परीक्षण गरिसकेपछि पनि यही अवस्था भइरहे परीक्षणलाई अगाडि बढाउछौँ ।
नियन्त्रण भइसकेका ठाउँमा पुनः संक्रमण
अन्य देशमा एक ठाउँमा कोरोना संक्रमण देखिएर नियन्त्रण भइसकेपछि फेरि त्यही ठाउँमा संक्रमण कम देखिएको छ । तर हाम्रो देशमा भने विरगन्ज, कपिलवस्तुमा पहिला एक पटक संक्रमित भेटिए । अहिले फेरि कोरोना संक्रमित त्यही ठाउँमा पुनः पहिलाको भन्दा फरक ढङ्गले संक्रमित देखिन थालेका छन् । ‘परीक्षण धेरै गरेको भए संक्रमित धेरै देखिन्थे, सरकारले परीक्षण नगरेको कारण संक्रमित भेटिएन’ भन्ने गुनासो सबैतिरबाट आएको छ । तर तथ्यले त्यति सजिलै सहमति जनाएको छैन । केही दिन अघि १० हजार ७ सय ८३ जनालाई परीक्षण गर्दा २ सय २४ जनामा कोरोना पोजेटिभ देखियो । तर असार १९ गते ४ हजार ४ सय ८३ जनाको कोरोना परीक्षण गर्दा अहिलेसम्मकै धेरै ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भयो । धेरै परीक्षण गर्दा धेरै पोजेटिभको संख्या बढ्ने पनि भएन ! धेरै परीक्षण गर्दा संक्रमित धेरै देखिने र कम परीक्षण गर्दा कम देखिन्छ भन्नेभन्दा पनि कस्तो स्थानमा परीक्षण गरिन्छ भन्ने कुराले पनि निर्धारण गर्छ । त्यसै कोरोना परीक्षण गर्ने कुरामा प्रतिबद्ध छौँ ।
सरकारले जनसंख्याको २ प्रतिशत अर्थात ६ लाख जनाको कोरोना परीक्षण गर्ने योजना बनाएर अघि बढेको छ । सरकारले पहिलादेखि नै भन्दै आएको छ । ६ लाख जनालाई परीक्षण गर्नको लागि सामग्रीको कुनै समस्या छैन । ६ लाख जनामा परीक्षण गरिसकेपछि पनि यही अवस्था भइरहे परीक्षणलाई अगाडि बढाउछौँ ।
परीक्षणको पछिल्लो विधि
सीमा क्षेत्रबाट हिँडेर आउनेलाई होल्डिङ गरेर क्वारेन्टिनको व्यवस्था गर्ने, त्यहीँ पीसीआर परीक्षण गर्ने, परीक्षण गर्दा नेगटिभ आएमा स्थानीय तहको क्वारेन्टिनसम्म पु-याउने व्यवस्था मिलाउने र पोजेटिभ आएमा संक्रमितको अवस्था हेरेर अस्पताल तथा आइसोेलेशन सेन्टरमा राख्ने । हवाई मार्ग हुँदै आउनेहरूलाई ५ दिन होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षण गर्दा नेगेटिभ नतिजा आएमा सम्बन्धित ठाउँमा जान पाइन्छ । पोजेटिभ भएमा आइसोलेसन सेन्टर, अस्पतालमा जानुपर्छ ।
कोरोना समुदायस्तरमा फैलिएको हो कि होइन भनेर पत्ता लगाउन -यान्डम्ली परीक्षण गर्दा थोरै केश पोजेटिभ पुष्टि भए । यसरी १२ हजार जनाको परीक्षण गर्दा ५ जनामा कोरोना भएको पाइयो । तर ५ जना संक्रमित भेटिनुलाई पनि उपलब्धि मान्नुपर्छ । किनभने ती ५ जनाबाट पनि धेरैलाई फैलिन सक्थ्यो । संक्रमितको संख्या कम भएर ढुक्क हुनुहुँदैन ।
कोरोना समुदायमा फैलिएको हो कि होइन ?
कोरोना समुदायस्तरमा फैलिएको हो कि होइन भनेर पत्ता लगाउन -यान्डम्ली परीक्षण गर्दा थोरै केश पोजेटिभ पुष्टि भए । यसरी १२ हजार जनाको परीक्षण गर्दा ५ जनामा कोरोना भएको पाइयो । तर ५ जना संक्रमित भेटिनुलाई पनि उपलब्धि मान्नुपर्छ । किनभने ती ५ जनाबाट पनि धेरैलाई फैलिन सक्थ्यो । संक्रमितको संख्या कम भएर ढुक्क हुनुहुँदैन । विषादी थोरै भए पनि नकारात्मक असर पु¥याउँछ । सीमापारीबाट सीमा वारि हुँदै काठमाडौंसम्म आएकाले उपत्यका जोखिममा परेपछि नाकाहरूमा स्वाब परीक्षणलाई अगाडि बढाएका छौं ।
उपत्यका प्रवेश गर्नेको स्वाब परीक्षण गर्दा हामीलाई तरङ्गित बनायो । संक्रमित पहिचान गर्न सजिलो भए पनि केही गल्ती पनि भएको छ । उताबाट आएर स्वाब परीक्षण त गरियो, स्वाबको नतिजा नआउँदै घरमा नजानुस् भनेनौँ ।
स्वाब परीक्षण गर्न दिएका केहीले गलत नम्बर दिँदा पनि समस्या हुुन्छ । हाम्रो देश यस्तो छ कि डाक्टर नै स्वाब परीक्षण गर्न दिने अनि अरुको नाम, मोवाइल नम्बर राखिदिने गर्नुुहन्छ । पोजेटिभ नतिजा आएपछि खोज्दा दुई दिन लाग्छ । सर्वसाधारण जनताले के गर्छन् ? सुरुमा लकडाउन नै समस्याको समाधान हो भन्ने कुरा हामीलाई मात्रै लागेको होइन । लकडाउन गर्न पहिला राष्ट्रिय सहमतिजस्तै थियो । कोरोना संक्रमणलाई नेपालमा फैलिन नदिनका लागि लकडाउन ग¥यौँ । कष्ट सहेर पनि नेपाली जनताले आत्मसात् गर्नुभयो । तर सुरुवाती समयको बुझाइ र अहिलेको बुझाइ परिस्कृत हुँदै आएको छ । सुरु–सुरुमा कोरोनाप्रतिको बुझाइ बर्खा लागेपछि हराउँदै जान्छ भन्ने थियो । पछि बर्खामा झन् संक्रमित बढ्न थाले । कोरोना हिउँद, बर्खा दुवै पचाउने गरेर आएको रहेछ ।
जोखिम कहाँ कहाँ छ ?
नेपालमा कोरोना नफैलिदै आतंक धेरै फैलियो । लकडाउन खुलेपछि, संक्रमित १५÷१६ हजार जना पुगेपछि कोरोना भन्ने ‘यस्तै त रहिछ नि !’ मानौं कोरोनाको कुनै प्रभाव नै छैन झै गरेर बाहिर हिँडेको पाइन्छ । सावधानी अपनाउने कुरामा सुरुवाती दिनमा अति डरायौं, अहिले यो केही होइन भन्नेखालको मनोविज्ञानले पनि जोखिम बढाएको छ । जोखिम भएको ठाउँ जस्तै, प्रहरीहरूले मेसमा खाना खानु हुन्छ । बोर्डरबाट काठमाडौँ फर्किएका प्रहरीलाई १४ दिन क्वारेन्टिन राखेर परीक्षण गरेको भए कोरोना फैलिने थिएन । स्याङ्जा जिल्लामा धेरै प्रहरी संक्रमित भए । यस्तै, काठमाडौंको सुरक्षाकर्मीमा पनि त्यसको प्रभाव छ । डाक्टर, नर्समा प्रभाव गरेको छ । सामूहिक रुपमा बसेर खाना खाने ठूलो परिवार भएको ठाउँमा प्रवेश गरेपछि जोखिम बढेको छ । विगतका दिनमा २० देखि ४० वर्ष उमेर समूहका मानिसमा जोखिम थियो । किनभने रोजगारीका लागि देशबाहिर त्यही उमेर समूहका गएका थिए । वर्तमान समयमा भने ६० वर्ष उमेर काटेका र कुनकुनै रोग लागेका मानिसमा संक्रमण पुग्दै छ । त्यसैले हाम्रो लागि उच्च जोखिम भएकाले सावधानीका साथ काम गर्नुपर्ने हुन्छ ।
देशव्यापी रुपमा एउटै खालको लकडाउन हुँदैन । जस्तै, भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरूले पूर्ण सावधानी अपनाउनुपर्छ । संक्रमण फैलिएको अवस्थामा एक जिल्लाबाट अर्को जिल्ला जान–आउन पनि लकडाउनको मोडालिटी बनाएर निश्चित अवधिका लागि प्रतिबन्ध लगाउनुपर्ने स्थिति पनि आउन सक्छ । जस्तै, विरगन्जमा भइरहेको गतिविधिलाई सबैतिर जान दियो भने जोखिम बढ्न सक्छ । पहिला विदेशबाट आउनेबाट जोखिम थियो, अब काठमाडौंमा जुनसुकै स्थानबाट आए पनि जोखिम छ । भदौ १ गतेदेखि सबै शैक्षिक संस्था, हवाई उडान खुल्छ, झन् जोखिम हुन्छ कि भन्ने खालका प्रश्न उठेको छ । यो कुरा चाहिँ हामीले कुन सन्दर्भमा भनेको हौं भने पहिला प्रक्षेपण गर्दा तीव्र गतिमा संक्रमणको दर बढेमा ९१ र मध्यम गतिमा बढेमा ३९ हुन्छ भनेका थियौँ । हिजोआज जस्तैगरी संक्रमितको संख्या बढ्दै गएमा भदौ महिनामा शैक्षिक संस्था, हवाई उडान र सार्वजनिक यातायात संचालन गर्ने कार्यसूची परिमार्जन हुन सक्छ ।
क्याविनेटको बैठकले अघिल्लो दिन एक हप्ता तयारी गरेरमात्र ल्याउने कुरा ग-यो । त्यसको भोलिपल्ट उज्यालो भएपछि एक दिनमा २५ हजार जना नाका हुँदै नेपाल आउनुभयो । १ सय जना राख्न तयार गरेको विद्यालयमा १ हजार मान्छे आउँदा के क्वारेन्टिन भयो ? १ लाख ७२ हजारभन्दा धेरै मानिस ७ दिनमा नेपाल आउनुभयो । उहाँहरूलाई क्वारेन्टिनको नाममा गाउँ जान रोकेर त्यही ठाउँ राख्दै यो समयसम्म आयौं ।
भारतमा संक्रमण न्यूनीकरण नभएसम्म नेपालमा ढुक्क हुने अवस्था छैन । अब नेपालमा चाडपर्वको शृङ्खला पनि सुरु भयो । चाडपर्व कसरी मनाउने भनेर मन्त्रालयले प्रोटोकल बनाएर मन्त्रीस्तरीय बैठकले निर्णय गरेको छ ।
क्वारेन्टिन, आइसोलेशन सेन्टर
क्वारेन्टिन र आइसोलेशन सेन्टर विगतमा अव्यवस्थित भएका कुरा सार्वजनिक भए । क्वोरिन्टनमा बस्नेहरूको अनुभवले राम्रो छैन भन्ने पाइयो । यो कुरा ठिक हो । किनभने क्वारेन्टिन भनेर स्कुल, सार्वजनिक भवनमा बनायौँ । गाउँमा आउने मान्छेलाई राख्ने ठाउँ भनेकै तिनै ठाउँ भए । त्यही ठाउँमा १ सय जना मानिस राख्ने योजना बनाएकोमा १ हजार जनालाई राख्नु प¥यो ।
क्याविनेटको बैठकले अघिल्लो दिन एक हप्ता तयारी गरेरमात्र ल्याउने कुरा ग-यो । त्यसको भोलिपल्ट उज्यालो भएपछि एक दिनमा २५ हजार जना नाका हुँदै नेपाल आउनुभयो । १ सय जना राख्न तयार गरेको विद्यालयमा १ हजार मान्छे आउँदा के क्वारेन्टिन भयो ? १ लाख ७२ हजारभन्दा धेरै मानिस ७ दिनमा नेपाल आउनुभयो । उहाँहरूलाई क्वारेन्टिनको नाममा गाउँ जान रोकेर त्यही ठाउँ राख्दै यो समयसम्म आयौं ।
विगतमा सीमा नाका हुँदै आएर क्वारेन्टिनमा बस्ने स्थानीयहरूको दिनमा ३५ हजार स्वाब संकलन गरेर परीक्षणको लागि केन्द्रमा पठाइयो । केन्द्रमा दिनमा ३५ सय जनाको स्वाब परीक्षण गर्न सक्ने क्षमता थियो । त्यसैले समयमै रिपोर्ट दिन समस्या भयो । त्यस समयमा पनि स्थानीय तहले केन्द्रमा परीक्षण गर्न पठाएका छौं भन्दै सीमा नाका हुँदै फर्किकालाई व्यवस्थापन गरे । हाम्रो त्यो बाध्यता थियो । आइसोलेशन सेन्टरका बारेमा हामीले पछि सोचेका हौं । पहिला कोरोना पोजेटिभ देखिनेबित्तिकै अस्पताल पु¥यायौं । सक्रिय संक्रमण नभएका तथा अस्पतालको उपचार आवश्यक पर्नेलाई आइसोलेशन सेन्टरमा राख्ने व्यवस्था ग¥यौं । लक्षणसहितका संक्रमितलाई अस्पतालमा राख्ने व्यवस्था ग¥यौं । हाल क्वारेन्टिनमा बस्नेको संख्या १० हजार छ । अस्तव्यस्त भएको कुरालाई व्यवस्थित बनाउँदै दिनमा १० हजारभन्दा माथिको संख्यामा कोरोना परीक्षण गर्छौं । एक दिन १८ हजार जनाको कोरोना परीक्षण गर्ने क्षमता छ । दैनिक सीमा नाका हुँदै आउने १ हजार देखि १५ सय जनाको परीक्षण गर्छौंै । १ हजार भारतीय नाका, ५ सय हवाई मार्ग हुँदै आएकाहरूलाई कोरोना परीक्षण गर्न सक्छौं ।
अनियमितताको आरोप लाग्यो
स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता भए÷नभएको बारेमा सम्बन्धित निकायले छानविन गरिरहेको छ । पैसा कमाउनका लागि म आएको होइन । सम्पत्ति कमाउनुपर्छ भन्ने मलाई लाग्यो भने त्यो दिन एउटा वक्तव्य निकालेर राजनीतिबाट राजीनामा दिन्छु भनेर म स्वास्थ्य मन्त्रालयमा आउँदा नै भनेको थिएँ । त्यसपछि धेरै साथीलाई गाह्रो भयो । अनियमितताको बात लगाउने योजना अन्तर्गत यो भएको हो । खरिद प्रक्रियाका विषयमा अनुसन्धान नि भइरहेकाले झुटा कुरा धेरै समय टिक्न सक्दैन