Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लेबनानको राजधानी बेरुतमा भयानक बिस्फोटः कम्तीमा ७० को मृत्यु, हजारौं घाइते


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २१ २०७७
  • 10.3K
    SHARES

लेबनानको राजधानी बेरुतमा भयानक बिस्फोटः कम्तीमा ७० को मृत्यु, हजारौं घाइते

जन न्युज नेपाल खवर डट कम 

 

एजेन्सी

लेबनानको राजधानी बेरुतमा भयानक बिस्फोट भएको छ ।

 

लेबनानका स्वास्थ्यमन्त्रीले कम्तीमा ७० जनाको मृत्यु भएको पुष्टि गर्दै ४ हजार व्यक्ति घाइते भएको जानकारी दिएका छन् । लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक दिवस घोषणा गरेका छन् ।

अधिकारीका अनुसार भारी बिस्फोटक पदार्थ भण्डार गरिएको एक गोदाममा बिस्फोट भएको हो । राष्ट्रपति माइकल इयोनले ट्वीट गर्दै  २ हजार ७ सय ५० टन बिस्फोटक नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्विकार्य भएको बताएका छन् । बिस्फोट कसरी भयो यसको अनुसन्धान जारी छ ।

घटनास्थलमा भएका बीबीसी पत्रकारका अनुसार शव छरिएका छन् र भारी क्षती भएको छ । प्रधानमन्त्री हसन दिआबले यसलाई भयावह बताएका छन् र घटनाका दोषीलाई कुनै पनि हालतमा नछोडिने बताएका छन् ।

उक्त बिस्फोटक नाइट्रेट सन् २०१४ देखि नै भण्डार गरिएको थियो । समाचार एजेन्सी एएफपीसँग एक प्रत्यक्षदर्शीले वरिपरिका सबै भवन ध्वस्त भएको र चारैतिर सिसा र भग्नावशेष भएको जानकारी दिएका छन् । बिस्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो ।

यो बिस्फोट सन् २००५ मा लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरिरीको हत्याको अनुसन्धान र अदालती सुनुवाईको निर्णय आउनु ठिक अघि भएको हो  ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४