Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १५ २०७७
  • 2.5K
    SHARES

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण !

 

जन न्युज नेपाल खवर नमुना दहाल कार्की ।

 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ।

उनले आफूमा संक्रमण पोजेटिभ देखिएको जन न्युज नेपाल खवरलाई जानकारी दिए।

‘म र श्रीमतीसहित ग्रान्डीमा जाँच गर्न गएका थियौं। पिसिआर परीक्षण गर्दा मेरो पोजेटिभ देखियो। श्रीमतीको भने नगेटिभ देखिएको छ,’ मेयर शाक्यले भने। उनले अहिले आफू होम आइसोलेसनमा बसिरेहको र लक्षण भने नभएको बताए।

लक्षण देखिएको छैन। स्वास्थ्य अवस्था सामान्य छ। अहिले घरमै बसिरहेको छु, उनले भने। उनले श्रीमतीलाई ज्वरो देखिएपछि जाँचका लागि आइतबार बिहान ग्रान्डी अस्पताल पुगेको बताए।

श्रीमतीलाई एक सय डिग्री ज्वरो नाघेपछि अरू नियमित जाँच पनि गर्ने भनेर ग्रान्डी गएका थियौं। त्यही बेला पिसिआर परीक्षणका लागि स्वाब पनि दिएर घर फर्किएका थियौं। आज भने अस्पतालले मेरो पोजेटिभ देखियो भनेर खबर गर्यो,’ उनले भने।

मेयर शाक्यले आफूलाई केही दिनअघि भने थोरै जिउ दुखेर असहज भएको सुनाए। ‘लक्षण केही देखिएको थिएन। त्यहीँ अलिक अगाडि थकान महशुस भएको थियो,’ उनले भने।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४