चितवनमा कोरोनाबाट एक पुरुषको मृत्यु ।
जन न्युज नेपाल खवर प्रतिनिधि चितवन !
चितवन / मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर महानगरपालिका वडा नं. १० निवासी ५२ बर्षका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उपचारको क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु भएका उनलाई निमोनियाको बिरामी भएको चितवन मेडिकल कलेज भरतपुरले जनाएको छ । गत भदौ ४ गते अस्पतालमा भर्ना भएका उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण बढ्दै गएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको भएता पनि आइतबार मृत्यु भएको छ । ५ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । भने अहिले सम्म चितवन मेडिकल कलेजमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको जसमा चितवनका ५ जना, मकवानपुरका ३, गोरखा र कैलालीका एक र एक रहेका चितवन मेडिकल कलेज भरतपुरका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।