Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विद्यार्थीप्रति त्रिवि गैरजिम्मेवार – नेवि .संघ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १४ २०७७
  • 12.4K
    SHARES

विद्यार्थीप्रति त्रिवि गैरजिम्मेवार – नेवि .संघ

काठमाडौं । नेपाल  विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय विद्यार्थीप्रति जिम्मेवार नबनेको आरोप लगाएको छ ।

कोरोना भाइरसको महामारीको संकटको अवस्थालाई अवसरको रुपमा सदुपयोग गर्दै खोज, अध्ययन र अनुसन्धान मार्फत विश्वका अन्य विश्वविद्यालय सरह नयाँनयाँ तथ्यसँगै यसको निराकरणका उपायहरु पत्ता लागाउनुपर्ने समयमा उल्टै विद्यार्थीहरुको भविष्य अन्धकार बनाउने काम गरेको संघको आरोप छ ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले एक प्रेस विज्ञप्ति जारी गर्दै विश्व विद्यालयका वर्तमान पदाधिकारीको अकर्मण्डयताले विद्यार्थीमा पारेको मानसिक पीडा कोरोनाको कहर भन्दा ठूलो रहेको बताएका छन् । 

त्रिविले सधै तयारी गर्दैछौं भन्ने रेडिमेड जवाफ दिएको र विश्व विद्यालयका पदाधिकारीबाट थप विकृति र विसंगति ल्याउने काम बाहेक केही गर्न नसकेको तिमल्सिनाको आरोप छ ।

परीक्षाको लागि सूचना सम्प्रेषण मात्र गरेको, अनलाइन कक्षा संचालन गर्न नसकेको, वैकल्पिक माध्यमबाट पनि परीक्षा संचालन गर्न नसकेको संघको आरोप छ ।

संघले विश्वबिद्यालयलाई जोगाउँदै शैक्षिक, प्राज्ञिक मर्यादित वातावरण निर्माणका निम्ति हस्तक्षेपकारी भूमिकासहित विश्वविद्यालयको संरक्षणका निम्ति अपील गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४