Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जसपाको गोप्य बैठकमा सकियो के के भयो त्  ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १२ २०७७
  • 14.8K
    SHARES

जसपाको गोप्य बैठकमा सकियो के के भयो त्  ?

काठमाडौं । जनता समाजवादी पार्टीका केही नेताहरुबीच गोप्य बैठक सम्पन्न भएको छ । वरिष्ठ नेता डा.बाबुराम भट्टराईका भाइ शिव भट्टराईको कोटेश्वरस्थित निवासमा जसपाका वरिष्ठ नेताहरु डा.भट्टराई, अशोक राइ र राजेन्द्र महतोबीच छलफल भएको हो । स्रोतका अनुसार शुक्रबार नेताहरुबीच छलफल भएपनि कुनै कुरामा सहमति बन्न सकेन । नेताहरु आआफ्नै अडानमा रहे । समाजवादी र राजपाबीच एकीकरणपछि जनता समाजवादी पार्टी बनेको पाँच महिना बित्दा पनि स नेताहरुले त्यसका लागि पटक पटक छलफल गरे पनि कुनै सहमति गर्न सकेको छैनन् । ५१ सदस्यीय कार्यकारिणी समिति बनेको छ । केन्द्रीय समिति, सचिवालय, राजनीतिक समिति, संघीय परिषद्, केन्द्रीय सल्लाहकार समितिलगायत विभिन्न आयोगहरु गठन गर्नुपर्ने हुन्छ ।

त्यसमा छलफल हुन बाँकी नै छन् तर शीर्ष नेताहरुलाइ कसरी व्यवस्थापन गर्ने विषयमा नै कुरा मिलेको छैन । यस्तै  ससदीय दलको नेता को हुने, कतिजना महासचिव बनाउने, डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष दिने कि नदिने विषयमा पार्टीभित्र विवाद छ ।  महतोले जसपाको संसदीय दलको नेता आफूलाई बनाउनुपर्ने आडनमा  छन् । तर त्यसमा तत्कालीन समाजवादी पार्टीका नेताहरुले सहमति जनाएका छैनन् । 

संसदीय दलको नेता उपेन्द्र यादव नै बन्न चाहेका छन् । जसपा नेपालमा संघीय परिषद्को पनि व्यवस्था छ । त्यसको एकजना अध्यक्ष रहने व्यवस्था विधानले गरेको छ तर हालसम्म त्यो अध्यक्ष पद खाली रहेको छ ।

शुरुमा त्यसका अध्यक्षमा डा.बाबुराम भट्टराईलाई राखिएको थियो । तर वरियताक्रममा कुरा नमिलेपछि उनी सो पद छाडेर वरिष्ठ नेतामा बस्न राजि भएका थिए । अझै त्यसको अध्यक्षमा बाबुरामलाई नै ल्याउने प्रयास भइरहेको छ तर वरियताक्रम कस्तो राख्ने विषयमा छलफल भइरहेको छ ।

स्रोतका अनुसार आजको छलफल पनि यिनै विषय वरिपरी केन्द्रित थियो । छलफल सकारात्मक भए पनि सहमतिको विन्दुमा पुग्न नसकिएको स्रोतको भनाइ छ । 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४