Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

असोज २४ मा आधिकारिक ट्रेड युनियनको निर्वाचन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ११ २०७७
  • 9.5K
    SHARES

काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन असोज २४ गते गर्न प्रस्ताव गरिएको छ । युनियनको ४ वर्षे कार्याकाल जेष्ठ १९ गते सकिएपछि निर्वाचनको तयारीमा आधिकारिक लागेको हो ।
आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले युनियनको तर्फबाट निर्वाचनको मिति प्रस्ताव गरेर श्रम विभागलाई पठाइसकिएको जनाए । ‘ हामीले समयमै निर्वाचन हुनुपर्छ भनेर प्रस्ताव गरेका छौं, आवश्यक निर्देशिका बनाएर होला भन्ने लाग्छ’ पोखरेलले भने ‘ के कसरी निर्वाचन गर्ने र अरु प्रक्रिया के के हुन्छन् भन्ने पछि नै टुंगो लाग्छ ।’ पोखरेलले आफू कार्यवाहक भएर आएपछि सुधारका केही काम गर्दै गरेको पनि स्पष्ट पारेका छन् । अध्यक्ष पुण्यप्रसाद ढकाल गत चैत्र ९ गते उपसचिवमा बढुवा भएपछि पोखरेल कार्यृवाहक भएका हुन् । नियम अनुसार शाखा अधिकृतसम्मलाई मात्र कर्मचारी संघ संगठनमा आवद्ध हुन मिल्छ ।
उर्जा आयोगका कानुनतर्फका सहसचिव कलानिधि पौडेललाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ । कार्यालय खोलेर आवश्यक तयारी गर्न भने बाँकी छ, पौडेलले आधिकारिकसँग छलफल पनि गरेका छैनन् । आफूहरुले पहिलेदेखि ने उठाउँदै आएको आधिकारिक ट्रेड युनियन बनाउने माग पूरा भएको पोखरेलले बताए । २०७३ जेष्ठ १९ गते नेपालमा पहिलोपटक भएको निर्वाचनले २१ जना रहेको केन्द्रीय कार्यसमिति गठन गरेको छ ।
जिल्लामा पनि आधिकारिकको संगठन रहेको छ । यो निर्वाचनमा पाँचवटा संघ÷ संगठन प्रतिस्पर्धामा थिए । आधिकारिकमा प्रतिनिधित्व हुनका लागि खसेको मतको १० प्रतिशत थ्रेसहोल्डको व्यवस्था छ । केन्द्रमा ३ वटा संघ संगठनको प्रतिनिधित्व रहेको छ । आधिकारिकले कर्मचारीका हकहित र पक्षमा आवाज उठाउँदै आएको छ । कार्यवाहक अध्यक्ष पोखरेलले कर्मचारीको अधिकार कटौती हुने गरी कुनै पनि प्रकारका विधेयक नल्याउन सरकारलाई सचेत गराएका छन् । उनले सरकारले आफूहरुको अधिकार कटौती गरे जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने र त्यसको सबै जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४