Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घरभाडा छुट दिन फेकनको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ३१ २०७७
  • 2.4K
    SHARES

काठमाडौं । कन्सल्टेन्सी व्यवसायीहरुको छाता संस्था स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले लकडाउनका कारण व्यवसाय संकटमा परेकाले ४ महिनाको घरभाडा छुट दिन घरधनीलाई आग्रह गरेको छ ।
फेकनका अध्यक्ष युवराज कटवालद्धारा हस्ताक्षरित विज्ञप्तिमा लकडाउन सुरु भएको चैत्रबाट असारसम्मको सबै घरभाडा छुट दिन र साउनदेखि आगामी असारसम्मको भाडा ५० प्रतिशतमात्र लिन समेत घरधनीलाई अनुरोध गरेको छ । फेकनले लकडाउनका कारण अरु व्यवसायजस्तै कन्सल्टेन्सीमा पनि बढी समस्यामा परेकाले यो असहज अवस्थामा आफूहरुको मर्का बुझिदिन विज्ञप्ती नै निकालेर आग्रह गरेको हो । फेकनले लकडाउन पूर्ण रुपमा खुलेसँगै अन्तर्राष्ट्रिय उडान पनि सुरु भएको एक वर्षसम्म व्यवसाय संकटमा नै पर्ने भएकाले आफूहरुको अनुरोधलाई स्वभाविक ढंगले मनन गर्न पनि घरधनीलाई भनेको छ । काठमाडौं उपत्यकासहित प्रमुख शहरमा मुख्य बजारमा कन्सल्टेन्सी धेरै रहेको र घरधनीलाई पनि भाडा लाउन सहज भएकाले अब भने घरधनी र व्यवसायीबीच समझदारी गरेर जानुपर्ने विज्ञप्तीमा उल्लेख छ ।
२०७२ सालको भूकम्पले संकटमा परेको कन्सल्टेन्सी व्यवसाय भर्खरैमात्र उस्कँदै गरेकामा अहिले कोरोना भाइरसको त्रासले फेरि थला परेको पनि जनाइएको छ । विज्ञप्तीमा अहिले आफूहरुले लिएको घर छोडेपनि केही समय फेरि कसैले पनि भाडामा लिइहाल्ने अवस्था नभएकाले पनि दुवै पक्ष मिलेर जानुको अर्को विकल्प नरहेको स्पष्ट पारिएको छ । १२ वर्षअघि शैक्षिक परामर्शदाताहरुको हकहित गर्ने उद्येश्यले स्थापना गरिएको फेकनले जायज माग लिएर सडकदेखि मन्त्रालयसम्म पनि आफ्नो आवाज उठाइरहेको समेत अवगत गराएको छ । लकडाउनका कारण कतिपय व्यवसायी विस्थापित भएकोमा चिन्ता व्यक्त गर्दै फेकनले अरु व्यवसायीलाई टिकाइरहन पनि आफूहरुलाई राहतको आवश्यकता भएको औंल्याएको छ ।
फेकनले अध्ययनका लागि विदेश जान खोजेका र भिषा लागेका विद्यार्थीको सहजताका लागि सरकार र सरोकारवाला निकायसँग समन्वय गरिदिन पनि आग्रह गरेको छ । अध्ययनका लागि बैंकबाट दिएको ऋणको व्याज मिनाहा गरिदिन पनि बैंकसँग आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४