काठमाडौं । यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन गर्न असमर्थ भएको बताइरहदा तिनचुली सुन्धारा यातायात प्रालि र शंखमुल जोरपाटी यातायात सेवा प्रालिले पनि आफ्नो सेवा आजबाट सुचारु गरेको छ ।
सो प्रालिले आफ्नो सेवा शुरु गरे पछि ब्याट्रीबाट सञ्चालित सफा टेम्पोहरु पनि आजबाट चल्ने भएको हो ।
वातावरण प्रदुषणरहित सफा टेम्पोहरुले विगतमा भएको नाकाबन्दीमा आफ्नो सेवालाई निरन्तरता दिएको थियो ।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेको थियो । सरकारले बिहीबारदेखि सार्वजनिक यातायात खुलाउने भनेको पाँच दिनपछि प्रालीले सफा टेम्पो चलाउन थालेको हो । यो बीचमा टेम्पोको मर्मतलगायतको काम भइरहेको शंखमुल जोरपाटी यातायात सेवा प्रालिका कोषाध्यक्ष मदन अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार टेम्पोहरु सञ्चालनमा आएपनि अधिकाँश टेम्पो ड्राइभरहरु लकडाउनका कारण घर गएकाले केही मात्रामा मात्र टेम्पो चलेको बताउनु भयो ।