Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा सञ्चालनमा आयो मयुर यातायात


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २९ २०७७
  • 3.4K
    SHARES

काठमाडौं । यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयुर यातायात प्रालिले भने बस सेवा शुरु गरेको छ ।
आजदेखि तीनवटा बसबाट सेवा शुरु गरिएको प्रालिले जनाएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेको थियो ।
सरकारले बिहीबारदेखि सार्वजनिक यातायात खुलाउने भनेको पाँच दिनपछि प्रालिले बस चलाउन थालेको हो । यो बीचमा बसको मर्मतलगायतको काम भइरहेको प्रालिका सञ्चालक दीपक भण्डारीले बताए । पहिलो दिनमा काठमाडौँ–बनेपा र चक्रपथ रुटमा बस चलेको छ । उनका अनुसार प्रालिले आगामी दिनमा अरु बस थप्नेसमेत योजना बनाएको छ ।
उनले भने ‘‘मङ्गलबार र बुधबारदेखि नै अरु बस थप्दै जानेछौ ।’ बन्दाबन्दीमा बस सञ्चालन नहुँदा व्यवसायी मारमा परेको भन्दै सहुलियतका लागि सार्वजनिक यातायात व्ययवसायी राष्ट्रिय महासङ्घले गरेको मागमा सो प्रालिले पनि समर्थन गरेको जनाएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४