काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरमा हिजो बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको छ । गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई हिजो अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले बतााए ।
यसअघि ‘रक्तावलोकितेश्वर’को रथारोहण आज बुधवार हुने भनिएको थियो । विश्वमा अहिले कोरोना भाइरसको सङ्क्रमण पनि बढ्दै गएको छ । काठमाडौं उपत्यकामा पनि केही दिनयता कोरोना संक्रमण बढिरहेको छ ।
मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले आज बुधबार उत्तम साइत रहेको ठहर गरी पुल्चोकमा धमाधम वर्षा र सहकालका देवता बुँगद्योको रथ निर्माणको काम आजसम्म भइरहेको थियो ।