Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेशमा थप १ सय ८ जना कोरोना संक्रमित भेटिए


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २४ २०७७
  • 2.2K
    SHARES

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप१०८ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
अहिले त्यहाँ संक्रमितको संख्या २ हजार ७०५ पुगेको छ । यसअघि नै ९ सय ३८ संक्रमित निको भएर घर गइसकेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।
रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ३०, धुलिखेल अस्पतालको प्रयोगशालाबाट ५४, सेती प्रादेशिक धनगढीको प्रयोगशालाबाट २२ र डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट २ जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
पुष्टि भएकामध्ये कैलालीका ११ पुरुष र ६ महिला तथा अछामका ९ पुरुष र ७ महिला रहेका छन् । त्यसैगरी, बाजुराका ३९ पुरुष र १५ महिला, बैतडीका १० पुरुष र २ महिला, डोटीका ४ पुरुष र ३ महिला, डडेल्धुराका १ पुरुष र १ महिला रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
प्रदेशमा हालसम्म २३ हजार ५४८ जनाको पीसीआर विधिबाट जाँच गरिएको र १९ हजार ८९८ मा नेगेटिभ आएको उनले बताए । २ हजार १७४ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १६ हजार ९८४ जनामा परीक्षण गरिएको छ ।
हालसम्म फेला परेका संक्रमितहरु अछामका ५७०, बैतडीका २९५, बझाङ्गका १३९ ,बाजुरा ४४४, डडेल्धुराका २६९, दार्चुलाका १७, डोटीका ५२१ , कैलालीका ९६७ र कञ्चनपुरका ४२८ गरि ३ हजार ६५० रहेका छन् । जसमा महिला ८४५ र पुरुष २ हजार ८०५ छन् ।
क्वारेन्टिनमा ३ हजार ९८५ पुरुष र १ हजार १०१ महिला रहेका छन् । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १५ र संक्रमित १०३ गरी ११८ जनाको उपचार भइरहेको छ । ७०३ जना भने सामान्य उपचार पछि घर गईसकेका छन् ।
हाल सेती प्रादेशिक अस्पताल धनगढीमा ९, टिकापुरमा ४२, महाकालीमा १८, अछाममा १०, डोटी २, बाजुरा २, र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भई रहेको उनले बताए । बाँकीको भने ९ वटै जिल्लाको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाइ छ ।
उनले मंगलबार मात्रै कैलालीबाट ३ अछाम ३०, कञ्चनपुरबाट १ जना संक्रमित गरी ३४ जना निको भएर घर गएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४