Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

के तपाईंको एन आई सी एशिया बैंकको कर्जामा ९.९९ प्रतिशत भन्दा बढी ब्याजदर छ ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २३ २०७७
  • 4.2K
    SHARES

काठमाडौं । एन आई सी एशिया बैंकबाट कर्जा सुविधा लिनुभएका सम्पूर्ण ग्राहक महानुभावहरूले २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुभएमा १ श्रावण २०७७ देखि लागू हुने गरी उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने योजना यस बैंकले ग्राहक महानुभावहरू सामुन्ने ल्याएको सर्वविदितै छ । अत्यधिक उत्साहजनक सहभागिता रहेको तथा कोही पनि नछुटोस् भन्ने हेतुले उक्त योजना सकिन मात्र ८ दिन बाँकी रहेको हुँदा यथासिघ्र भरपुर फाईदा उठाउन बैंक सम्पूर्ण ऋणीहरूमा हार्दिक आह्वान गर्दछ ।
नेपालको बैंकिङ्ग इतिहासमा दुर्लभ रुपमा उपलब्ध हुने यस बैंकले ल्याएको आषाढ महिनाको योजनाको म्याद मात्र ८ दिन बाँकी रहेको हुँदा २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ आषाढ समान्तभित्रै चुक्ता भुक्तानी गरी समयमै मौकाको फाईदा उठाई आफ्नो आर्थिक भारलाई कम गर्नुहुन सम्पूर्ण ग्राहक महानुभावहरुमा बैंक हार्दिक अनुरोध गर्दछ ।
सहज तथा सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप यस बैंकबाट कर्जा उपभोग गर्नु भईरहेको तथा भविष्यमा यस बैंकसँग जोडिने ग्राहक महानुभावहरूको सहजता तथा आवश्यकतालाई महशुस गरी कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप यस बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको समस्त ग्राहक महानुभावहरू समक्ष जानकारी गराउँदछौं ।
ग्राहक महानुभावहरूले ‘कर्जा सहायता केन्द्र’को Missed Call Banking नम्बर ९८०१२२७७५५ मा मिस्ड कल गरी HELP टाइप गरी ३४४८८ मा एसएमएसमार्फत वा बैंकको वेबसाइट www.nicasiabank.com मा राखिएको Feedback Form मा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।
ग्राहक महानुभावहरूले जुनसुकै स्थान र माध्यमबाट जुनसुकै समयमा पनि आफ्नो कुरा राख्नसक्ने व्यवस्थालाई प्रभावकारी तथा ग्राहकमैत्री बनाउदै लैजाने बैंकको सोच रहेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाताले ग्राहक महानुभावहरूसँग न्यानो तथा आत्मीय सम्बन्ध बनाइराख्न यस ‘कर्जा सहायता केन्द्र’ ले ग्राहक महानुभावहरूबाट प्राप्त कर्जासम्बन्धी सम्पूर्ण गुनासोहरूलाई सुन्ने तथा तत्काल समाधान गर्ने बैंकले अठोट लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४