Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेशमा हालसम्म ५० प्रतिशत रोपाइँ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १६ २०७७
  • 4.4K
    SHARES

धनगढी । सुदूरपश्चिम प्रदेशमा कुल खेतीयोग्य जमिनमध्ये ४९ दशमलब ६४ प्रतिशतमा रोपाइँ भएको कृषि विकास निर्देशनालय दिपायलले जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेशमा एक लाख ८१ हजार छ सय चार हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा प्रदेशमा ९० हजार एक सय ५६ हेक्टरमा रोपाइँ भइसकेको निर्देशनालयले जानकारी दिएको हो । प्रदेशमा सबैभन्दा बढी रोपाइँ अछाममा भएको छ भने कम डोटी मा भएको छ ।
अछाममा १६ हजार पाँच सय ८० हेक्टरमा धान रोपाइँ गरिदै आएकोमा नौ हजार नौ सय ४८ हेक्टरमा रोपाइँ भएको छ भने डोटीमा १० हजार आठ सय ९८ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा तीन हजार आठ सय १४ हेक्टरमा रोपाइँ भएको कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए ।
धानबालीको अन्न भण्डार मानिएको कैलालीमा अहिलेसम्म ४७ दशमलब ४९ प्रतिशत र कञ्चनपुरमा ५२ दशमलब ९७ प्रतिशतमा धान रोपाइँ भएको छ । कैलालीमा ७१ हजार सात सय १५ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा ३४ हजार ५७ हेक्टरमा रोपाइँ भएको हो। यस्तै प्रदेशको तराईमा पर्ने अर्को जिल्ला कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टरमा धान खेती हुँदै आएकोमा २५ हजार छ सय २४ हेक्टरमा रोपाइँ भएको छ।
प्रदेशको डडेल्धुरा र दार्चुलामा पनि ५० प्रतिशतभन्दा कम रोपाइँ भएको छ । निर्देशनालयको दिएको तथ्यांक अनुसार डडेल्धुरामा छ हजार दुई सय २६ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा दुई हजार चार सय ९० हेक्टर र दार्चुलामा चार हजार चार सय ८० हेक्टरमा रोपाई हुँदै आएकोमा दुई हजार १६ हेक्टरमा रोपाइँ भएको छ।
प्रदेशको बाजुरामा ५५, बझाङमा ५० र बैतडीमा ५२ प्रतिशतमा रोपाइँ भइसकेको छ । बाजुरामा सात हजार दुई २० हेक्टरमा धान रोपाई हुँदै आएकोमा तीन हजार नौ सय ७१ हेक्टरमा रोपाइँ भएको छ । बझाङमा सात हजार एक सय १० हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा तीन हजार पाँच सय ५५ हेक्टरमा रोपाइँ भएको छ । बैतडीमा नौ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा चार हजार छ सय ८० हेक्टरमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।
यसपाली मनसुन चाँडो भित्रिएका कारण रोपाइँ पनि चाडो सुरु भएकोले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ । धानखेतीलाई कुनै असर नपरेमा विगतका बर्षभन्दा यसपाली उत्पादन बढ्ने निर्देशक जोशीको भनाइ छ । ’अवश्य पनि यसपाली समयमै रोपाइँ सकिन्छ । यसले उत्पादन बढ्छ । तर, यसपछि के हुन्छ भन्न सकिदैन, उनले भने, ’अघिल्लो वर्षभन्दा पहिले नै धेरै रोपाइँ भइसकेको छ ।’
यो कृषि क्षेत्रका लागि सकारात्मक हो । यसले उत्पादनमा वृद्धि गराउन मदत मिल्छ । यममा मनसुनी वर्षा सुरु भएकाले किसानले मल र मजदुर अभावबीच पनि रोपाइँ सुरु गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४