बुटवल । न्यूज २४ का पत्रकार कृष्णबाबु पाण्डेको गाडी दुर्घटनामा परी मृत्यु भएको छ ।
बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा–१ ड्राइभरटोलमा शनिबार राति भएको दुर्घटनामा बुटवल संवाददाता पाण्डेको मृत्यु भएको हो । राति बुटवलबाट आफ्नो निवास नयाँमिलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको कार दुर्घटनामा परी घाइते भएका पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । ३० वर्षका पाण्डेको उपचारकै क्रममा शनिबार राति १ बजे तिर मृत्यु भएको हो ।
पोष्टमार्टमका लागि पाण्डेको शव अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको बताइएको छ ।