Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३२ कोरोना संक्रमित गण्डकी प्रदेशका ८ जिल्लामा थपिए


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १० २०७७
  • 4.2K
    SHARES

कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार कास्कीसहितका ८ जिल्लामा ३२ नयाँ केस भेटिएको छ ।
पछिल्लो विवरण अनुसार लमजुङमा ५, पर्वतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखा, तनहुँ र १, १ जनामा कोरोना पुष्टि भएको छ । बागलुङमा ९, नवलपुरमा थप ३ संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार लमजुङको मध्यनेपाल नगरपालिकाका ४ पुरुष, बेसिसहर नगरपालिकाका १ महिला, पर्वतको कुश्माका १ महिला, स्याङ्जाको आँधिखोला र अर्जुन चौपारी गाउँपालिकामा १, १ पुरुष, वालिङमा ३० महिने बालिकासहित २४ वर्षे १ महिला र ३ पुरुषमा कोरोना पुष्टि भएको हो ।
कास्कीको पोखरा महानगरका १ पुरुष र २ महिला, मादी गाउँपालिकामा १ पुरुष र १ महिलामा कोरोना देखिएको हो । गोरखाको गण्डकी गाउँपालिकाका १ पुरुष, बागलुङको बरेङ गाउँपालिकामा ८ र जैमिनी गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ ।
तनहुँको देवघाट गाउँपालिकाका १ पुरुष, नवलपुरको गैंडाकोट नगरपालिकाका ३ महिलामा समेत कोरोना देखिएको छ ।
नयाँ थपिएका संक्रमितलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हिजो मात्रै गण्डकीमा १०४ नयाँ केस थपिएको थियो । आज थपिएका नयाँ केसको परिक्षण प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४