काठमाडौँ । रामेछापमा १३ जनाले कोरोना जितेका छन् । जेठ २३ गते संक्रमण पुष्टि भएका १७ जनामध्ये १३ जना डिस्चार्ज भएका छन् । कोरोना पुष्टि भएपछि जिल्ला अस्पताल रामेछापको आइसोलेसनमा १४ दिन उपचारपश्चात उनीहरु निको भएका हुन् । उनीहरुको धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गर्दा नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।