पोखरा । गण्डकी प्रदेशको पर्वत अस्पतालका पाँचजना स्वास्थ्यकर्मीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । असार ५ गते राष्ट्रिय प्रयोगशाला टेकु अस्पतालमा गरिएको स्वाब परीक्षणमा पाँच स्वास्थ्यकर्मीको कोरोना पुष्टि भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए ।
संक्रमण देखिएपछि अस्पतालको इमर्जेन्सीबाहेकका अन्य सेवाहरु अर्को सुचना नआएसम्मकाम लागि बन्द गरिएको डा. देवकोटाले जानकारी दिएका छन् ।