पोखरा । आज एकैदिन २१ जना संक्रमित फेला परेका छन् । संक्रमित फेला पर्नेमा नवलपुर र पर्वतका रहेका छन् र
स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार नवलपुरको हुप्सेकोट गाउँपालिकामा १४ संक्रमित थपिएका छन् । हुप्सेकोटका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१, १८ वर्ष उमेर समुहका र मध्युविन्दु नगरपालिकाका १६ र ३० वर्ष उमेर समुहका २ पुरुष रहेका छन् । यस्तै, कावासोती नगरपालिकाका एक जना ३७ वर्षीय पुरुषमा र पालिका नखुलेको २७ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
पर्वतको फलेवास नगरपालिकाका २ जना १९ र २१ वर्षीय दुई पुरुष र ४६ वर्षिय एक महिलामा समेत गरि पर्वतमा ३ जना नयाँ संक्रमित थपिएका छन् ।