Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२४ दिनपछि न्यूजिल्याण्डमा कोरोनाको पहिलो संक्रमित फेला


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २ २०७७
  • 3.1K
    SHARES

एजेन्सी । न्यूजिल्याण्डमा लगभग एक महिनामा पहिलो पटक कोरोना संक्रमित भेटिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ दुई व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । यी दुई व्यक्ति हालै बेलायतबाट फर्किएका थिए र एक–अर्कासँग सम्बन्धित छन् ।
स्थानीय मिडियाका अनुसार यी दुईलाई आफन्तको मृत्युको अन्त्येष्टिका लागि बाहिरबाट आउनका लागि छुट दिइएको थियो । न्यूजिल्याण्डले गत हप्ता देशलाई भाइरस–मुक्त घोषित गर्दै सबै प्रतिबन्ध हटाएको थियो ।
तर विदेशबाट यहाँ अन्तर्राष्ट्रिय यात्रामा अहिले पनि प्रतिबन्ध लागेको छ र यहाँका नागरिक र आवश्यक कर्मचारीलाई मात्रै देश फर्कने अनुमती छ ।
न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले देशलाई भाइरस–मुक्त भएको घोषणालाई ठूलो कुरा बताउँदै देशमा कुनै पनि बेला पुनः कोरोना संक्रमित देखा पर्न सक्ने भन्दै चेतावनी दिएकी थिइन् ।
कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि न्यूजिल्याण्डको प्रयासको अत्यधिक प्रशंसा भएको छ । यहाँ महामारीको सुरुवाती अवस्थामा नै सबै सीमा बन्द गरेर देशमा लकडाउन घोषणा गरिएको थियो ।
न्यूजिल्याण्डमा नयाँ संक्रमित देखिएसँगै यहाँ कूल संक्रमितको संख्या बढेर १ हजार ५ सय ६ पुगेको छ । यहाँ हालसम्म २२ जनाको मृत्यु भएको छ । स्रोतः बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४