Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अपाङ्गता भएका व्यक्तिहरुलाई राहत


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १ २०७७
  • 4.1K
    SHARES

काठमाडौंं। विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण जारी लकडाउनले सवै वर्गलाई समस्यामा पारेको छ । त्यसमाथि अपाङ्गता क्षेत्रमा अझ धेरै समस्या परेको छ । अपाङ्गता क्षेत्रमा परेको कठिनता अनि जीवन निर्वाह गर्न आइपरेको समस्यालाई मध्यनजर गरेर काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नंबर छ स्थित जोरपाटीमा अपाङ्गता भएका व्यक्ति विशेषहरुकै हात–हातमा राहत दिने कार्य भएको छ ।

युवा अपाङ्ग संगठन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठको आयोजनामा अपाङ्गता भएका ३० परिवारलाई राहत सहयोग भएको हो । स्थानीय बौद्ध स्थित वालुङ युथ क्लबले देश–विदेशमा रहेका मनकारी दाताहरु मार्फत संकलत गरिएको सहयोग राहत सामाग्री सहित कतिपयलाई नगद पनि राहत सहयोग गरिएको थियो। वालुङ युथ क्लबका लोप्सन शेर्पाका अनुसार, लकडाउनमा दैनिक रुपमा निःशुल्क खाना खुवाउने लगायत विभिन्न स्थानमा यस्तैगरेर राहत दिने कार्य भएको छ। आयोजक युवा अपाङ्ग संगठन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले आफ्नो संस्था मार्फत अपाङ्गता भएका ३ सयभन्दा बढी व्यक्ति विशेषहरुलाई स्वरोजगारमुलक मोवाइल रिपेरिङ, सिलाईबुनाई लगायतका तालिम दिएर रोजगारी प्रदान गरिसकेको बताएका छन्।

काठमाडौं महानगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनहरा नगरपालिकासंग समन्वय गरेर अपाङ्गहरुलाई स्वरोजगार पसल लगायतका विविध कार्यक्रम गर्दैआएको तथा यसवाट धेरैभन्दा धेरै अपाङ्गता भएका व्यक्तिहरुले रोजगारी प्राप्त गरेको जानकारी पनि अध्यक्ष श्रेष्ठले दिएका छन।् अध्यक्ष श्रेष्ठ स्वयम् अपाङ्गता भएको व्यक्ति तथा परिवार पनि अपाङ्गता भएको कारण एक अपाङ्गले अर्को अपाङ्गको कठिनाइ तथा मर्कालाई मध्यनजर गरेर यसप्रकारको सहयोग गर्ने कार्य भएवाट सवैले अत्यन्त राम्रो मानिदैआएको छ । सवैको साथ र सहयोगले अपाङ्गता क्षेत्रमा आफूले धेरै सेवात्मक रोजगारीमूलक कार्य गर्दैजाने पनि अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४