Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पर्यटन क्षेत्रको सुधारको लागि नेपाल चेम्बरले दियो सरकारलाई सुझाव


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १६ २०७७
  • 2.6K
    SHARES

काठमाण्डौ । कोरान भाईरसले पर्यटन क्षेत्रका गंभिर असर गरेको भन्दै पर्यटनको पुनरुत्थानको लागि नेपाल चेम्बर अफ कर्मशले सरकारलाई सुझाव दिएको छ ।
सोमवार चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठको टोलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई भेटी उक्त सुझाव दिएका हो । आन्तरिक पर्यटन प्रबद्धन गर्न लागि निजामति तथा संगठित संस्थाका कर्मचारीहरु र नागरिकहरुलाई प्रोत्साहन प्याकेज सहित आन्तरिक प्रेरित गर्नुपर्ने,कोरोनाबाट होटल तथा एयलाइन्सहरुलाई वित्तीय प्याकेज मार्फत उद्धार गरिनु साथै ऋण,ऋणको ग्यारेन्टी कपोरेट बन्डमा.सरकारको टेवा कर छुट एयरपोर्ट चार्ज लगायतमा वित्तिय सुविधा दिनुपर्ने,पर्यटकको प्रबद्धनको लागि थिंक ट्यांकको ब्यवस्था गर्ने लगायतका सुझाव दिएका छन ।
त्यस्तै मेडिकल टुरिजम,होम स्टे एग्रो टुरिजम ,कल्चरल टुरिजम लगायतका विद्यागत पर्यटन प्रबद्धनका लागि ठोस कार्यक्रम ल्याउन माग गरेका छन ।
पर्यटकको चाप घटेको समयमा पर्यटन पूर्वाधारमा जोड दिनपर्ने, नेपाल आयल निगम माग्दै आएको नगद धरौटीको सट्टा बैङ्क ग्यारेन्टीको ब्यवस्था गरी नगद धरौटी फिर्ता गर्नु पर्ने माग राखेका छन ।
चेम्बर अफ कमर्सले चीनमा कोरोनाको प्रकोप कम हुदै गएकोले आउदो सेप्टेम्बर अक्टोबरमा पर्यटकिय सिजन भएकोले चीनको विभिन्न शहरबाट पर्यटक भित्रयाउने सरकारी स्तरबाट पहल गर्नुपर्ने, एयरलाईन्सहरुले चीनको विभिन्न शहरबाट पर्यटक ल्याउन पहल गर्नुपर्ने,हवाईजहाज,बस,कार सहित बास बस्ने स्थान होटल,रिसोर्ट,होमस्टे,रेस्टुरेन्ट तथा विमानस्थलमा डिसइन्फेक्ट गरिनु पर्ने सुझाएका छन ।
मन्त्री भट्टराईले चेम्बर अफ कमर्शको सुझाव बुझदै सरकारले पर्यटन क्षेत्रको विकासको सरकारले काम गरि रहेको बताए । कोरानाका कारण सवै भन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको भन्दै मन्त्री भट्टराईले आउने बजेट र नीति तथा कार्यक्रम पर्यटन सुधारको प्याकेज घोषणा हुने बताए । उनले सरकारले एयरलाईन्स होटल,रेस्टुरेन्ट मर्जको नीति बनाएर लागु गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४