Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल पत्रकार महासङ्घ गण्डकीद्वारा पत्रकारलाई सुरक्षा सामग्री प्रदान


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १३ २०७७
  • 4.3K
    SHARES

पोखरा । कोभिड–१९ जोखिमका बेला कार्यक्षेत्रमा सक्रिय रहनुभएका धवलागिरि क्षेत्रका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले शुक्रबार बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका पत्रकारका लागि मास्क, सेनिटाइजर र ग्लोब्स प्रदान गरेको हो । समितिका उपाध्यक्ष शान्ति गुरुङ, महासचिव गणेश पौडेल, सदस्य खेम सारु, सङ्गम घर्तीमगर र सन्तोष गौतमको उपस्थितिमा महासङ्घका चारै जिल्ला शाखाका पदाधिकारीलाई सामग्री हस्तान्तरण गरिएको थियो ।बागलुङमा ४०, पर्वतमा ३५, म्याग्दीमा २४ र मुस्ताङमा १० ‘सेट’ सुरक्षा सामग्री उपलब्ध गराइएको समितिका महासचिव गणेश पौडेलले जानकारी दिए । उनका अनुसार गुणस्तरीय एन–९५ सहित सर्जिकल मास्क पनि प्रदान गरिएको छ ।
कोभिड–१९ को समाचार सङ्कल र सम्प्रेषणमा जोखिम मोलेर काम गरिरहेका प्रदेशका ११ वटै जिल्लाका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको समितिका उपाध्यक्ष शान्ति गुरुङले बताइन् ।उनले विशेष सुरक्षा सावधानी अपनाउँदै सङ्कटका बेला जिम्मेवार भूमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गरे । सामग्री बुझेपछि बोल्दै महासङ्घ जिल्ला शाखा बागलुङका अध्यक्ष दिल शिरीषले सुरक्षा सामग्रीको उपलब्धताले पत्रकारको मनोबल बढ्ने धारणा राखिन् । शाखाले पनि विभिन्न निकाय र सङ्घसंस्थासँग सहकार्य गरेर सुरक्षा सामग्री वितरण गरिरहेको उनको भनाइ छ । यस अघी सुरक्षा सामग्री हाल सम्म प्रदेश समितिले तनहुँ , लमजुङ , गोरखा, नवलपरासी (पुर्व) र मनाङका लागि सामाग्री हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४