Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वडाध्यक्ष सुवेदीको सक्रियतामा जोरपाटीमा निःशुल्क खाना खुवाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १० २०७७
  • 2K
    SHARES

काठमाडौ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदीको सक्रियतामा बुधबारबाट जोरपाटीमा निःशुल्क खाना खुवाइने तयारी गरिएको छ । लकडाउनका कारण समस्यामा परेका नागरिकको दैनिक जीवनयापन सहज होस् भनेर वडाले चलाउने यो अभियानमा समस्या परेका जो पनि सहभागी हुन पाउने छन् ।
वडाध्यक्ष सुवेदीले वडावासीको दुःखलाई सम्वोधन गर्नु आफ्नो दायित्व भएकाले पटकपटक विभिन्न अभियान चलाउँदै आएको बताए । उनले वडामा लकडाउनका कारण धेरै नागरिक संकटमा परेकाले उनीहरुको विवरण संकलन गर्ने, राहत उपलव्ध गराउनुका साथै अन्य प्रकारका सहयोग गर्दै आएको जनाए । नयाँबस्ती, बराल पम्प र नारायणटारमा केही दिनअघिदेखि खाना खुवाइँदै आइएको छ । नेपाली कांग्रेसनिकट नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्षसमेत रहेका स्थानीय राजु सुनारले नागरिकको दैनिकी समस्यामा पर्दै गएकाले वडाको सक्रियतामा आफुहरुसहित स्थानीय संघसंस्थाको समन्वयमा खाना खुवाउने योजना बनाइएको बताए । उनले वडाध्यक्ष सुवेदीको सक्रियताले वडावासीमा राहत मिलेको दावी गरे ।
वडाले विभिन्न ठाउँमा पुगेर पीडितलाई राहतसँगै जनचेतना समेत बाँडेको छ । बाहिरबाट आएकाको तथ्यांक संकलन गर्ने, स्वास्थ्य परीक्षणमा सहजीकरण गर्नुका साथै अत्यावश्यक सामग्रीसमेत वितरण गरेको छ । वडाध्यक्ष सुवेदीले वडावासीले कुनै गुनासो नगर्ने गरी काम गरिरहेको दावी गरेका छन् । उनले केही समस्या परे सिधै आफूसँग कुरा गर्न पनि वडावासीलाई आग्रह गरेका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४