काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी अध्ययादेश जारी गरेकी छिन् ।
राष्ट्रपति भण्डारी सोमबार सरकारको सिफारिसमा दुई अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेशहरु जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
आजै बसेको मन्त्रिपरिषद३ बैठकले राजनीतिक दलसम्बन्धी कानूनलाई संशोधन गर्न गरी संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने र संवैधानिक निकायको गणपुरक सख्या घटाउने सम्बन्धि अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिकहाँ पठाएको थियो ।