Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसद आलेद्वारा धनगढीमा अध्ययनरत विद्यार्थीहरुलाई खाद्यान्न सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ७ २०७७
  • 2.1K
    SHARES

काठमाडौं । डोटीबाट निर्बाचित संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का डोटी जिल्ला इन्चार्ज प्रेमबहादुर आलेले कैलालीको धनगढीमा डेरा गरी अध्ययनरत रहेका विद्यार्थीहरुलाई खाद्य सामग्री सहयोग गरेका छन् ।
सांसद आलेका तर्फबाट नेकपाका युवा नेता बिमल शाहीको नेतृत्वमा धनगढी नगरका बिभिन्न क्षेत्रमा डेरा गरी बस्ने एक सय पाँच जनालाई खाद्य सामग्री वितरण गरिएको हो ।
प्रतिविद्यार्थी २५ किलो चामल, तीन किलो दाल, एक लिटर तेल र एक किलो नुन वितरण गरिएको युवा नेता शाहीले बताए ।
नेता शाहीले दिएको जानकारी अनुसार धनगढी उपमहानगर २ सन्तोषीटोल र चौराहा, वडा नम्बर ५ हसनपुर पिपलचौतारा, वडा नम्बर १ को शिवनगर पशुपती टोलमा डेरा गरी बस्ने विद्यार्थीहरुलाई राहत सामग्री वितरण गरिएको हो ।
विगत झण्डै एक महिनादेखि लकडाउनका कारण घर जान नपाएका र खाद्य सामग्री नभएका कारण विद्यार्थीहरुलाई छाक टार्न समस्या भएकाले उनले सहयोग गरेका हुन् ।
। संघीय सांसद आलेले लकडाउनका कारण अप्ठ्यारोमा परेका विद्यार्थीलाई छाक टार्न समस्या भएको गुनासो आएपछि खाद्य सामग्री वितरण गरिएको बताए ।
यसअघि पनि सांसद आलेले आफ्नै निजी खर्चमा डोटीका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने स्वास्थ्य साम्रग्री वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४